नौमी, १९ कात्तिक । न्यू क्यालेडोनियामा भएको जनमत संग्रहमा फ्रान्सबाट अल्लगिने प्रस्ताव अस्वीकृत भएको छ। फ्रान्समा रहिरहने वा स्वतन्त्र हुने भन्ने विषयमा जनमतसंग्रह भएको थियो ।
८१ प्रतिशत मतदान हुँदा ५९.५ प्रतिशत मानिसहरूले फ्रान्समै रहने पक्षमा मत गरेको बीबीसीले जनाएको छ ।
हिंसात्मक आन्दोलनपश्चात कानाक आदिवासी पृथकतावादीहरूसँग भएको सहमतिअनुसार जनमत संग्रहको गर्ने सहमति भएको थियो ।
करिब १ लाख ७५ हजार मतदाता रहेको न्यू क्यालेडोनियामा कानाक आदिवासीको संख्या निकै कम (३९.१ प्रतिशत) रहेकाले सो क्षेत्रमा स्वतन्त्रता पक्षधरको हार हुने अनुमान पहिलै गरिएको थियो ।
न्यू क्यालेडोनियामा इलेक्ट्रोनिक्स सामानहरु उत्पादनका लागि चाहिने ुनिकेलु धेरै मात्रामा रहेको छ । त्यसैले फ्रान्सले न्यू क्यालेडोनियालाई राजनीतिक हिसाबले महत्व दिँदै आएको छ ।
गत मे महिनामा फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँनले न्यू क्यालेडोनिया बिना फ्रान्सको सौन्दर्य कम हुनेु बताएका थिए । माक्रोँनले जनमत संग्रहबाट आएको नतिजालार्इ सबैले सम्मान गर्नुपर्ने बताएका छन् ।
न्यू क्यालेडोनियामामा फ्रान्स राष्ट्रवाद धेरै हावी रहेको बताइन्छ । सन् १९९८मा भएको सम्झौता अनुसार स्वतन्त्रताका लागि न्यू क्यालेडोनियामा थप दुर्इ जनमत संग्रह हुनसक्नेछ ।















प्रतिक्रिया