बिहीबार, २९ कार्तिक २०७५
DainikNepal.com
बिहीबार, २९ कार्तिक २०७५

जापानको एउटा टापू समुद्रमुनि बिलय

दैनिक नेपाल २०७५ कार्तिक १९ गते ७:५७

टोकियो । जापानमा एक सग्लो टापू समुद्रमा बिलाएको छ । इसान्वे हनाकिता कोजीमा नाम रहेको उक्त मानव बसोबास नभएको टापू समुन्द्रमुनि दबिएको विश्वास गरिएको छ । सिंगो टापू अलप भइसक्दा पनि त्योभन्दा ५०० मिटरमात्रै टाढा रहेको सरुफुत्सु गाँउका कसैले यसको पत्तो भएन ।

एसान्वे सन् २०१४ मा जापानले नाम राखेका १५८ टापूहरुमध्ये एक हो । ती टापूहरूको नाम राख्नुको उदेश्य जापानले उक्त क्षेत्रमा आफ्नो भौगोलिक दावीलाई बलियो बनाउनु त थियो नै साथमा उसले उक्त क्षेत्रमा रहेको आफ्नो विशेष आर्थिक क्षेत्रको विस्तार गर्न खोजेको थियो ।

इशान्वे अनाकिता कोजिमा जापानको उत्तरी भू–भागको पश्चिमतर्फ रहेको भू–भाग हो । यो क्षेत्रमा विगतदेखि जापान र रुसको संयुक्त दाबी रहेकाले विवाद थियो । रुसमा यो क्षेत्रलाई कुरिल्स नाम दिएको छ । यो टापू दोस्रो विश्वयुद्धमा तत्कालीन सोभियत संघले जापानबाट कब्जा गरेको थियो ।

पछिल्लो समय इस्ट चाइना सीमा रहेको सेन्काकुरदइिआओयु टापूमाथि चीनसँग भौगोलिक दावीको विवाद निम्तिएपछि जापानले आफ्ना छेउछउमा रहेका टापूहरुलाई महत्व दिन थालेको छ ।

टापू हराएको कुरा नजिकको टापूमा बस्ने स्थानीयलाई तबमात्र थाहा भयो जब एक चित्र पुस्तकको सिक्वेल लेख्नको उक्त क्षेत्रको भ्रमण गरेका लेखक शिरोशी शिमिजुले सरुफुत्सुको आएर यस कुराको अवगत गराए । उनले स्थानीय माछा व्यवसायीलाई यो कुरा बताएपछि उनीहरुले पहिले टापू भएको स्थानमा डुंगाहरु पठाएका थिए । तर त्यहाँ टापू साच्चैनै थिएन ।

बृद्ध माझीहरुले आफूहरुले दशकौंअघि उक्त स्थानमा टापू देखेको सम्झना गर्दै भने– ‘पछि न्याभिगेसन प्रणालीमा त्यसलाई पानीमुनिको रिफ भनेपछि वेवास्ता गर्न थालिएको’ बताए । जापानको तटिय–गार्डले पछिल्लोपटक सन् १९८७ मा सर्वेक्षण गर्दा यो पानिमाथि १।४ मिटरमात्र बाहिर निस्किएको बताए । त्यो बेला विज्ञहरुले हावा र प्रत्यक वर्ष हिउँदमा सी आफ ओखत्समा हुने हिंउको सराईले यस्तो भएको निष्कर्ष निकालेका थिए ।

अन्तर्राष्ट्रिय कानुनले टापूलाई ‘प्राकृतिक रुपमा निर्मित स्थल भू–भाग मान्छ जुन पानीले घेरिएको र पानीको उच्च छालमा पनि पानिमाथि नै देखिने हुनुपर्ने’ भन्छ । तटिय–गार्ड टापूको अबस्था बुझ्नको लागि त्यो क्षेत्रको भ्रमण गर्दैछ । यदि यो साँच्चै हराएको पुष्टि भएमा जापानको विशेष आर्थिक क्षेत्र आधा किमीले खुम्चिनेछ ।

पछिल्लो समय टापू गुमाउने देश जापान मात्र होइन । अमेरिकाको एक सानो टुक्रा जमिन अघिल्लो महिना समुद्रमुनि दविएको थियो । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित