
-बिजय चालिसे
नवलपुर, १७ कात्तिक । नवलपुरको मध्यविन्दु–२, कोल्हुवामा जारी राइनो सरक्षण गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत शनिबार कास्की ११ र बिरगंज युथ क्लब भिड्दै छन् ।
राईनो रंगशाला कोल्हुवामा दिउँसो ३ बजेबाट खेल सुरु हुने आयोजकले जनाएको छ ।
यसअघि हिजो भएको खेलमा न्युरोड टिम एनआरटीले सरस्वती युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।
प्रतियोगिताको विजेताले ४ लाख ९९ हजार ५ सय ५५ र उपविजेता टिमले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । सेमीफाईनलमा पुग्ने २ टिमलाई म्याच मनी १ लाख रुपैयाँ दिईने आयोजकले जनाएको छ ।















प्रतिक्रिया