
काठमाडौं, १८ कात्तिक । संयुक्त राज्य अमेरिकाको ट्रम्प प्रशासनले सन् २०१५ मा भएको परमाणु सम्झौतापछि हटाइएका इरानविरुद्धका सबै अमेरिकी प्रतिबन्धहरू पुनः लागू गरिने जनाएको छ।
राष्ट्रपति ट्रम्पले गत मे महिनामा इरानसंगको परमाणु सम्झौताबाट अमेरिका पछि हटेको जनाएका थिए । उनले उक्त सम्झौतालाई गुदी देखि नै खराब भएकोसमेत बताएका थिए ।
बिबिसीले उल्लेख गरे अनुसार उक्त सम्झौता अन्तर्गत इरानले प्रतिबन्धहरू के खुकुलो तुल्याइएको बदलामा उस्को विवादास्पद परमाणु गतिविधिलाई सिमित तुल्याएको थियो।
त्यसबेलाका राष्ट्रपति बाराक ओबामाले उक्त सम्झौताले इरानलाई परमाणु अस्त्रको विकास गर्नबाट रोक्ने बताएका थिए।















प्रतिक्रिया