१ कार्तिक २०८३, शनिबार

इन्डोनेसिया विमान दुर्घटना : एउटा ‘ब्लाक बक्स’ भेटियो

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इन्डोनेसिया, १५ कार्तिक । इन्डोनेसियाको दुर्घटनाग्रस्त लायन एयर जेटबाट एउटा ब्लाक बक्स फेला परेको राष्ट्रिय यातायात सुरक्षा समितिका प्रमुखले बताएका छन्। नयाँ विमान के कारणले दुर्घटनाग्रस्त भयो भन्ने पत्ता लगाउन उक्त ब्लाक बक्सले मद्दत गर्ने अधिकारीहरूले विश्वास लिएका छन्।

समितिका प्रमुख सोरजान्तो जाहजोनोले खोज तथा उद्धार टोलीले फेला पारेको ब्लाक बक्स एफडीआर (फ्लाइट डाटा रेकर्डर) हो वा सीभीआर (ककपिट भ्वाइस रेकर्डर) के हो भन्ने अनुसन्धान भइरहेको जानकारी दिए।

यो उपकरणमा विमानको गति, उचाइ र दिशाका साथै चालक दलका सदस्यहरूको कुराकानी जस्ता महत्वपूर्ण जानकारी संग्रहित हुन्छन्।

केही महिना अघिदेखि मात्र प्रयोगमा ल्याइएको नयाँ बोइङ–७३७ म्याक्स ८ विमान गत सोमबार इन्डोनेसियाको उत्तरी तटीय क्षेत्रको जाभा समुद्रमा खसेको थियो। उक्त दुर्घटनामा विमानमा सवार सबै १ सय ८९ जनाको मृत्यु भएको थियो।

इन्डोनेसियाका खोज तथा उद्धार टोलीले विमानको मुख्य भाग र त्यहाँ सवार व्यक्तिहरुको खोजी गरिरहेका छन्। उनीहरुले केही व्यक्तिका टुक्राटुक्रा भएका शरीरका विभिन्न भाग संकलन गरेका र परीक्षण पश्चात सम्बन्धित परिवारजनलाई जिम्मा लगाइने तयारी भइरहेको छ। -रासस/एएफपी