१ कार्तिक २०८३, शनिबार

यी महिलाका लागि पाकिस्तानमा विरोध प्रदर्शन

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लाहोर, १५ कात्तिक । पाकिस्तानको सर्वोच्च अदालतले एक क्रिष्चियन महिलालाई ईश्वर निन्दा गरेको आरोपबाट मुक्त गर्दै मृत्युदण्डको फैसला रद्व गरेपछि विभिन्न शहरहरुमा विरोध प्रदर्शन भएका छन् ।

ईश्वर निन्दाको आरोपमा तल्लो अदालत र उच्च न्यायालयले मृत्युदण्डको सजाय सुनाएकोमा सर्वोच्च अदालतले आरोपबाट मुक्त गर्दै तत्काल रिहा गर्न आदेश दिएको थियो ।

आसिया बिबीले उच्च न्यायालयको फैसला विरुद्ध सर्वोच्चमा दिएको उजुरीमा बुधबार फैसला आएको हो । पाकिस्तानी सर्वोच्च अदालतको तीन सदस्यीय बेन्चले अक्टोबर ८ मा फैसला सुरक्षित गरेको थियो । त्यहि फैसला बुधबार सुनाइएको हो ।

सर्वोच्चको उक्त फैसलाका विरुद्ध इस्लामाबादसहितका शहरहरुमा विरोध प्रदर्शन भएका हुन् । अदालतको फैसलापछि प्रदर्शनकारीहरुले फैजाबाद र इस्लामाबाद जोड्ने सडकखण्ड बन्द गराएका छन् ।

अलग–अलग मस्जिदहरुबाट सर्वोच्च अदालतको फैसलाविरुद्ध घरबाट निस्केर प्रदर्शनमा सहभागी हुन आग्रह गरिएको छ ।

बुधबार फैसला सुनाउँदै सर्वोच्च अदालतका मुख्य न्यायाधीश मिया साकिब निसारले उच्च न्यायालय र तल्लो अदालतको फैसला रद्द गरेको घोषणा गरेका थिए ।

आसिया बिबीमाथि एक मुस्लिम महिलासँग कुराकानीको क्रममा पैगम्बर मोहम्मदका बारेमा आपत्तिजनक कुरा गरेको आरोप थियो । यो आरोप आसिया बिबीले स्पष्ट रुपमा अस्वीकार गरेकी छन् ।

पाकिस्तानमा ईश्वर निन्दा एक गम्भीर अपराध मानिन्छ । यही कानूनको गलत प्रयोग गरेर अल्पसंख्यकलाई फसाउने गरिएको आरोप लाग्ने गरेको छ ।

यो घटना सन् २००९ जुन १४ को हो, त्यो दिन आसिया बिबी गाउँका अरु महिलासँग काम गर्न गएकी थिइन् । त्यसक्रममा झगडा हुँदा उनले ईश्वरको निन्दा गरेको आरोप थियो ।

आसियाले यो घटनाका बारेमा पुस्तक लेखेकी छन् । यसमा उनले घटनाबारे बिस्तारमा बताएकी छन् । एजेन्सी