१ कार्तिक २०८३, शनिबार

अमेरिकामा यसरी मनाए नेपालीहरूले हालोविन पर्व

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विजय थापा

अमेरिका । प्रत्येक वर्षको अक्टोबर ३१ तारिखमा पर्ने हालोविन पर्व २०१८ हर्सौल्लास साथ नेपाली समुदायले पनि मनाएका छन् ।

अमेरिकामा विभिन्न राज्यमा समय फरक भएको कारण अगाडि र पछाडि मनाउने क्रम जारी रहेको छ । नेपालीहरुको महान चाड दशैँ मनाएर सकेका नेपाली समुदायले नजिकै आउदै गरेको तिहार अगाडि हालोविन पर्वलाई हृदयदेखि नै स्वागत गर्दै अमेरिकामा जन्मेका दोश्रो पुस्ता तथा छोराछोरीको साथमा अभिभावक सहितले हालोविन पर्व मनाएका छन् ।

आफ्नो चाड पर्व साथै अमेरिकामा मनाइने ईसाई पर्व थाङ्क्स गिभिङ्ग सहित हलोविन पर्वलाई अमेरिकामा रहेका नेपाली समुदायले मनाउन सुरु गरेका छन् ।

नेपालीहरुले तिहारमा देउसी भैलो खेले झैँ अमेरिकाका बालबालिकाहरुले ट्रिक अर ट्रीटिंग अर्थात छल या व्यवहार गर भन्दै हालोविन हलोविन पर्व मनाएका छन् ।

साथै ह्यापी हालोविन भन्ने पनि चलन छ । यसरी बिदेशीहरुले खेले झैँ नेपाली बालबालिका किशोर किशोरीहरुले समेत आफ्ना छर छिमेक र नजदिक पर्ने ठाउमा हलोविन पर्व हर्सौल्लासका साथ मनाएका छन् ।

प्रायजसो कालो रंगको पोशाक अधिकांश देखिएता पनि विभिन्न भूतप्रेतको विभिन्न रङ्गका पोसाकमा आएका बालबालिकाले आफूले ल्याएको झोलामा मिठाई माग्ने र घरधनीले झोला लिएर आएकालाई विभिन्न प्रकारका मिठाई बाढेका छन् । हेलोविन खेल्न आउनेलाई पैसा दिनु पर्दैन ।

बालबालिका तथा किशोरकिशोरीले मिठाई माग्ने गर्छन । यसरी बालबालिका खेल्न जाँदा उनीहरुको सुरक्षा तथा मार्ग दर्शन गर्न उनीहरुको साथमा अभिभावक पनि साथमा जाने चलन छ र जानु पर्छ ।

घरबेटीले अन्य खाने कुराहरु दिनु पर्दैन । नेपालको तिहारको समय र हेलोविनको समय कहिलेकाही एक दुई दिनको फरकमा पर्न जान्छ । बालबालिकाले पहेला, निला, काला, सेता बस्त्र, भूतप्रेत झैँ, होलिका, मुकुण्डो, नकाव, भोजमा लगाईने बिशेष पोशाकमा घर ,बजार तथा बिशाल बजारमा गएर मिठाई मागी मनोरंजन गर्दछन ।