१ कार्तिक २०८३, आइतबार

विश्वकप क्रिकेटको ट्रफी चन्द्रागिरिमा प्रदर्शन

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


चन्द्रागिरि (काठमाडौं), ११ कार्तिक । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले चारदिने भ्रमणका लागि नेपाल ल्याइपु¥याएको ट्रफी आइतबार चन्द्रागिरिमा प्रदर्शन गरिएको छ ।

विश्वका ५ महादेश, २१ देश र ६० स्थानमा प्रदर्शन गरिने ट्रफी नेपालको नयाँ एकीकृत पर्यटकीय गन्तब्य चन्द्रागिरिमा प्रदर्शनका लागि लागिएको हो ।

ट्रफी बंगलादेशबाट दुबई हुँदै नेपाल ल्याइपु¥याएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को संयोजक भावना घिमिरेले बताइन् । यसअघि ट्रफी पश्चिम नेपालको पोखरामा प्रदर्शन गरि काठमाडौं फर्काइएको हो ।

ट्रफी प्रदर्शनमा आएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् लगायको टोलीलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल र महाप्रवन्धक अभिषेक विक्रम शाहले चन्द्रागिरि परिसरमा स्वागत गरे ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा चन्द्रागिरि हिल्स लिमिटेडले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हललगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।