१ कार्तिक २०८३, शनिबार

नमूना बिश्वकर्मा समाज कुवेतद्वारा आँखा क्यान्सर पीडितलाई सहयोग

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोहा । नमूना बिश्वकर्मा समाज कुवेतले आँखा क्यान्सर पीडितलाई नेपाली दुई लाख सन्तानब्बे हजार आठ सय उनासी रुपियाँ आर्थिक सहयोग गरेको छ ।

म्याग्दी जिल्ला धौलागिरी गाउँपालिका २ लम्सुङका प्रेम बिकका आठ वर्षीय छोरा नजिन बिकको आँखामा क्यान्सर भएको थियो । उनको उपचारका लागि कुवेतमा नजिन बिक बचाउ अभियान सस्थाका अध्यक्ष भिम गदलको संयोजकत्वमा आर्थिक सहयोग संकलन गरि सहयोग गरिएको हो ।

नेपाल क्यान्सर अस्पतालमा उपचाररत बिकलाई सस्थाका सहकोषाध्यक्ष राम बिश्वकर्मा, सदस्य रुद्र गदल र आषिश गदलले उक्त आर्थिक सहयोग आँखा क्यान्सर पीडित नजिनको आमा उदिमाया बिक र अभियन्ता बबिता योन्जन तामाङ लाई हस्तान्तरण गरेका हुन् ।

घरको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले समयमै उपचार गराउन नसक्दा आँखामा क्यान्सर भएको थियो उनको अहिले नेपाल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।