१ कार्तिक २०८३, शनिबार

साउदीमा पैसा तिरेर काठमाडौं आए कुमार राना

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । साउदी अरबको जेलमा परेर रिहा भएका गोरखाका कुमार राना मगर नेपाल फर्किएका छन् ।

उनी बिहीबार राति काठमाडौं आइपुगेका हुन् । क्षतिपूर्ति रकम तिरेपछि राना १५ दिनअघि नै रिहा भएका थिए । आवश्यक प्रक्रिया पूरा गर्दा नेपाल फर्किन ढिलो भएको थियो ।

साउदी अरबमा कुमारले चलाउने गाडीको ठक्करबाट एकजना घाइते भएपछि उनी पक्राउ परेका थिए । घाइते भएका साउदी नागरिकले मागेको क्षतिपूर्ति रकम तिर्न नसक्दा कुमार एक वर्षअघि जेल परेका हुन् ।

रानालाई रिहा गर्न नेपाल र विदेशमा रकम संकलन अभियान सञ्चालन गरिएको थियो । क्षतिपूर्ति रकम तिरेपछि कुमार रिहा भएका हुन् ।