१ कार्तिक २०८३, शनिबार

पत्रकार जमाल खसोगीको हत्या सुनियोजित

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ७ कात्तिक । टर्कीका राष्ट्रपति रेसेप तैयप एड्रोगानले साउदी अरेबियाका पत्रकार जमाल खसोगीको सुनियोजित हत्या भएको बताएका छन् ।

सत्ताधारी पार्टीका सांसदहरूलाई मंगलबार सम्बोधन गर्दै उनले विचार व्यक्त गरेका हुन । अक्टुबर २ गते इस्तानबुलस्थित साउदी वाणिज्यदूतावासभित्र खसोगीको नियोजित र ‘क्रुर’ हत्या भएको भन्ने देखाउन टर्कीसँग बलियो प्रमाण रहेको उनले बताए ।

खसोगीको मृत्यु दुर्घटनावश भएको हुन सक्ने साउदी भनाइको विरोध गर्दै उनले दोषीविरुद्ध इस्तानबुलमा मुद्दा चलाउन माग गरे । खसोगीको शव कहाँ छ र कसको आदेशमा उनको हत्या गरिएको भन्ने प्रश्नहरूको जवाफ साउदी अरब सरकारले तत्काल दिनुपर्ने उनले बताए ।

साउदी अरबले खसोगीको मृत्यु वाणिज्यदूतावासभित्र भएको पिटापिटका क्रममा भएको बताएकोे छ । उसले युवराज मोहम्मद बिन सलमानको निर्देशनविना सो हत्या भएको बताउँदै त्यसमा एजेन्टहरूलाई दोष दिइएको छ ।

वासिङ्टन पोस्ट पत्रिकाका स्तम्भकारसमेत रहेका खसोगीको हत्याको विश्व समुदायले नै निन्दा गरेको छ ।