मंगलबार, २७ कार्तिक २०७५
DainikNepal.com
मंगलबार, २७ कार्तिक २०७५

पूर्ण रुपमा हट्यो कपिलवस्तुमा लगाइएको निषेधाज्ञा

दैनिक नेपाल २०७५ कार्तिक ६ गते १४:२७

कपिलवस्तु, ६ कात्तिक । कृष्णनगरमा लगाइएको निषेधाज्ञा पूर्ण रुपमा हटाइएको छ । स्थानीयवासी युवाबीच विवाद बढेपछि जिल्ला प्रशासन कार्यालयले आइतबार साँझ ५ बजेदेखि पटक पटक लगाउँदै निषेधाज्ञा लगाउँदै आएको थियो ।

कृष्णनगर बजार क्षेत्रमा शुक्रबार दुर्गाको मूर्ति विसर्जन गर्ने क्रममा विवाद भएको थियो । आइतबार कडा सुरक्षाका बीच दुर्गा पूजाको मूर्ति विसर्जन गरिएको थियो । निषेधाज्ञा हटेपछि भारतीय सीमावर्ती कृष्णनगरको जनजीवन सामान्य बन्दै गएको छ । –रासस

प्रतिक्रिया
सम्बन्धित