बिहीबार, २९ कार्तिक २०७५
DainikNepal.com
बिहीबार, २९ कार्तिक २०७५

विद्युतीय बस सेवा शुरु, प्रधानमन्त्रीले गरे उद्घाटन

दैनिक नेपाल २०७५ कार्तिक ६ गते १३:२३

ललितपुर, ६ कात्तिक । उपत्यकामा विद्युतीय बस सेवा शुरु भएको छ । साझा यातायात प्रा. लि. ले शुरु गरेको विद्युतीय बस सेवाको मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।

ललितपुरको पुलचोकस्थित साझाको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् । साझाले चिनियाँ कम्पनी बिवाइडीले निर्माण गरेको ५ वटा विद्युतीय बस ल्याउने केही समयअघि नै घोषणा गरेको थियो ।

एडिबीले विद्युतीय बस खरिदमा सहयोग गरेको हो । यी बसहरु साझाको व्यवस्थापनमा रहनेछ । प्रधानमन्त्री ओलीले विद्युतीय बस सेवाको उद्घाटन गर्दै विद्युतीय बसमा सिंहदरवारसम्म यात्रा गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित