शुक्रबार, ३० कार्तिक २०७५
DainikNepal.com
शुक्रबार, ३० कार्तिक २०७५

नेकपाका प्रवक्ता श्रेष्ठ सुटुक्क चीन प्रस्थान

दैनिक नेपाल २०७५ कार्तिक ६ गते १०:४९

काठमाडौं, ६ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ चीन प्रस्थान गरेका छन् । केन्द्रीय सचिवालयको बैठक सकिएको अर्को दिन श्रेष्ठ चीन प्रस्थान गरेका हुन् ।

पाँच दिनको भ्रमणमा उनले चीन र कम्बोडियाका कार्यक्रममा सहभागिता जनाउनेछन् । श्रेष्ठले पहिले चीन सरकारको अन्तर्राष्ट्रिय रणनीतिक विकास कार्यक्रम बेल्ट एण्ड रोड इनिसियटिभमा भाग लिनेछन् ।

गोञ्जावमा चिनियाँ सरकारको उक्त कार्यक्रममा भाग लिएपछि उनी कम्बोडियामा आयोजना हुने नेपालको शान्ति प्रक्रियासँग सम्बन्धित कार्यक्रममा सामेल हुनेछन् ।

प्रवक्ता श्रेष्ठले त्यहाँका वौद्धिक समुदायसँग अन्तरक्रिया गर्ने छन् र १२ गतेको स्थायी कमिटि बैठकमा भाग लिने गरी स्वदेश फर्कनेछन् ।

प्रतिक्रिया
सम्बन्धित