मंगलबार, २७ कार्तिक २०७५
DainikNepal.com
मंगलबार, २७ कार्तिक २०७५

नेकपाका अर्का नेताको राजीनामा अस्वीकृत

दैनिक नेपाल २०७५ कार्तिक ५ गते १८:४०

काठमाडौं, ५ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रवक्ता नारायणकाजी श्रेष्ठको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सचिवालय बैठकले प्रवक्ता श्रेष्ठको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको हो ।

प्रा डा गोविन्द केसीका मागको समर्थन गरेपछि श्रेष्ठलाई प्रधानमन्त्री केपी ओलीले स्पष्टीकरण सोधेका थिए । यही विषयमा असन्तुष्ट नेता श्रेष्ठले राजनीनामा दिएका थिए ।

बैठकमा पार्टी एकतासँगै वरिष्ठ नेता माधव नेपालको असहमति पत्रका विषयमा छलफल भएको छ । सचिवालयको अर्को बैठक कात्तिक ७ गते बुधबार दिउँसो ३ बजे बस्नेछ ।

प्रतिक्रिया
सम्बन्धित