मंगलबार, २७ कार्तिक २०७५
DainikNepal.com
मंगलबार, २७ कार्तिक २०७५

भारतमा भएको कार दुर्घटनामा चारजना नेपालीको मृत्यु

दैनिक नेपाल २०७५ कार्तिक ५ गते १८:०५

काठमाडौं, ५ कात्तिक । भारतमा भएको गाडी दुर्घटनामा सिन्धुली जिल्ला घर भएका चारजना नेपालीको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन् ।

गोरखपुरबाट वारणासीतर्फ गइरहेका बेला राजादेपुर गाउँमा नेपालीहरू चढेको कारलाई अर्को गाडीले सोमबार ठक्कर दिँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा ४१ वर्षका नवीन श्रेष्ठ, उनकी पत्नी अञ्जलि, बुबा गोरख श्रेष्ठ र भार्इ उपेन्द्र श्रेष्ठ रहेका छन् । दुर्घटनामा घाइते हुनेमा दुई जना महिला र कार चालक रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित