१ कार्तिक २०८३, शनिबार

बेल्जियममा शुभकामना आदानप्रदान तथा दशैं बिशेष कार्यक्रम

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ब्रसेल्स । नेपालीहरुको महान् पर्व बिजयादशमीको अवसर पारेर प्रवासी मूलुक बेल्जियममा शुभकामना आदानप्रदान तथा दशैं बिशेष कार्यक्रम सम्पन्न गरिएको छ ।

नेपाल ब्रसेल्स मिलन केन्द्रको आयोजनामा राजधानी ब्रसेल्समा शुभकामना आदानप्रदान तथा दशैं बिशेष कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा बोल्दै बेल्जियमका लागि नेपाली राजदूत लोक बहादुर थापाले प्रवासमा हुने यस्ता खालका सांस्कृतीक गतिबिधीले नेपाली भाषा, कला र लोक संस्कृतिको संरक्षण र प्रबद्धनमा टेवा पूग्ने बताए ।

कार्यक्रम केन्द्रका अध्यक्ष अर्जुन घिमिरेको अध्यक्षता तथा महासचिव श्रृजना कार्की थापाको संचालनमा सम्पन्न भएको कार्यक्रममा एनआरएन बेल्जियमका उपाध्यक्ष खड्क बहादुरु के.सी., केन्द्रका बरिष्ठ उपाध्यक्ष हरिकृष्ण श्रेष्ठ, केन्द्रका संस्थापक पारस गौतम लगायतले बोल्दै शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

सो अवसरमा कलाकारद्वय मेन्सन खाती र सरिता कार्कीले आ–आफ्नो सांगितीक प्रस्तुति मार्फत् सहभागीहरुलाई भरपूर्ण मनोरञ्जन प्रदान गरेका थिए ।

कार्यक्रममा नेपाल ब्रसेल्स बाल सांस्कृतिक केन्द्रका बालकलाकारहरुको प्रस्तुतिले सहभागीहरुलाई थप मनोरञ्जन प्रदान गरेको थियो ।