मंगलबार, २७ कार्तिक २०७५
DainikNepal.com
मंगलबार, २७ कार्तिक २०७५

दसैँको दिन सेनाको निःशुल्क बस सेवा, यस्तो छ चल्ने रुट

दैनिक नेपाल २०७५ असोज २९ गते ७:२६


काठमाडौं, २९ असोज । दसैँ टीकाका दिन नेपाली सेनाले काठमाडौं उपत्यकाभित्र आठ रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । सार्वजनिक यातायात कम चल्ने भएकाले टीका लगाउन जाने यात्रुको सुविधाका लागि सेनाले बस सञ्चालन गर्न लागेको हो ।

सेनाका बस बिहान ७ बजे, ११ बजे र ३ बजे सैनिक मुख्यालय भद्रकालीबाट गन्तव्यतिर प्रस्थान गर्नेछन् ।

यस्तो छ बसको रुट
रुट नं. १ – भद्रकाली, माइतीघर, बानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु, कीर्तिपुर, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, रत्नपार्क ।

रुट नं. २ – भद्रकाली, जमल, लैनचौर, नारायणगोपाल चोक, बूढानीलकण्ठ, बालाजु चोक, सोह्रखुट्टे, कान्तिपथ, माइतीघर ।

रुट नं. ३– भद्रकाली, माइतीघर, त्रिपुरेश्वर, कालीमाटी, कलंकी, थानकोट, स्वयम्भु, छाउनी ९अस्पताल०, ताहाचल, टेकु, थापाथली ।

रुट नं. ४ – भद्रकाली, माइतीघर, बानेश्वर, तिनकुने, गौशाला, चाबहिल, जोरपाटी, नारायणगोपाल चोक, लाजिम्पाट, कान्तिपथ, भद्रकाली ।

रुट नं. ५ – भद्रकाली, थापाथली, कुपन्डोल, जावलाखेल, सातदोबाटो, चापागाउँ, सातदोबाटो, तिनकुने, बानेश्वर, सहिदगेट ।

रुट नं. ६ – भद्रकाली, दरबारमार्ग, कमलपोखरी, गौशाला, चाबहिल, बौद्ध, साँखु, चाबहिल, गौशाला, तिनकुने, भद्रकाली ।

रुट नं. ७ – भद्रकाली, माइतीघर, नयाँबानेश्वर, पुरानोबानेश्वर, गौशाला, सिनामंगल, कोटेश्वर, सूर्यविनायक, ठिमी, कोटेश्वर, माइतीघर, भद्रकाली ।

रुट नं. ८ – भद्रकाली, माइतीघर, कोटेश्वर, सातदोबाटो, कलंकी, बालाजु, चाबहिल, गौशाला, तिनकुने, भद्रकाली ।

प्रतिक्रिया
सम्बन्धित