१ कार्तिक २०८३, शनिबार

कसले दियो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई हत्या गर्ने धम्की ?

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई हत्याको धम्की दिँदै एक व्यक्तिले इमेल गरेका छन् ।

एक वाक्यको इमेलमा मोदीको हत्याको पूर्ण मिति तोकिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । एक जना प्रहरी अधिकारीको इमेल आईडीमा धम्कीसहितको इमेल प्राप्त भएपछि भारतीय प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

दिल्ली प्रहरीका एक अधिकारीलाई पठाइएको इमेल आसामको एक जिल्लाबाट पठाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यसबारे प्रहरीले थप अनुसन्धान अगाडी बढाएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

मोदीलाई यसअघि पनि यस्तै विभिन्न खालका ज्यान मार्ने धम्की आएको खबरहरु सार्वजनिक भएको थियो ।