शनिबार, २२ मंसिर २०७५
DainikNepal.com
शनिबार, २२ मंसिर २०७५

प्रधानमन्त्री ओलीले सफ्टवेयर मार्फत मन्त्रालयहरुको मुल्यांकन गर्ने

दैनिक नेपाल २०७५ असोज २६ गते २१:१६


काठमाडौं, २६ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले सफ्टवेयर मार्फत हरेक मन्त्रालयको गतिविधि निरीक्षण गर्ने भएका छन् । महिनाको ७ गते सबै मन्त्रालयको कामकाजको अवस्थाका बारेमा प्रधानमन्त्री ओलीले मुल्यांकन गर्ने भएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सफ्टवेयर मार्फत यस्तो व्यवस्था मिलाउन लागेको जनाएको छ ।

मुख्यसचिव लोकदर्शन रेग्मीले शुक्रबार सबै मन्त्रालयका सचिवलाई बोलाएर कात्तिक ७ गतेभित्र मन्त्रालयको कार्यसम्पादन सफ्टवेयरमा अपलोड गर्न निर्देशन पनि दिइसकेका छन् । कात्तिक ७ गतेबाट सबै मन्त्रालयको कामबारे मुल्यांकन हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

सफ्टवेयरले विभिन्न रंगमा कार्यालयको प्रगति विवरण देखाउने छ । रातो, हरियो र पहेँलो गरी तीन सूचक सफ्टवेयरले देखाउने छ ।

प्रतिक्रिया
सम्बन्धित