शनिबार, २२ मंसिर २०७५
DainikNepal.com
शनिबार, २२ मंसिर २०७५

१७ वर्षीय युवकले गरे घरमै बोलाएर १४ वर्षीया बालिकाको बलात्कार

दैनिक नेपाल २०७५ असोज २६ गते १९:४२

सप्तरी, २६ असोज । सप्तरीमा १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । डाक्नेश्वरी नगरपालिका–२, पातोकी ती बालिकालाई सोही ठाउँकै १७ वर्षीय एक युवकले बलात्कार गरेको खुलेको छ ।

घरमा एक्लै भएको वेला काम छ भन्दै बालिकालाई युवकले लगेर बलात्कार गरेको प्रारम्भिक बयानका आधारमा खुलेको प्रहरीले जनाएको छ । बलात्कार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

बालिकालाई स्वास्थ्य परीक्षणका लागि राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । यही असोज २१ गते पनि ७१ वर्षीया वृद्धा र १४ वर्षीया बालिकाको बलात्कार भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित