शनिबार, २२ मंसिर २०७५
DainikNepal.com
शनिबार, २२ मंसिर २०७५

सुनकोशी नदीमा बस खस्दा १ को मृत्यु, ४ गम्भीर घाइते (तस्वीरसहित)

दैनिक नेपाल २०७५ असोज २६ गते १२:४५

काठमाडौँ, २६ असोज । सिन्धुलीको मुलकोटमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन् ।

सिन्धुलीको मरिणबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख ९१२ नम्बरको बस सुनकोशी नदीमा खसेको स्थानीय होमराज श्रेष्ठले जानकारी दिए ।

विपरीत दिशाबाट मोटरसाइकलसँग ठोक्किँदा बस सुनकोसी नदीमा खसेको हो । मृतकको सनाखत हुन सकेको छैन। घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको छ। बस सडकबाट करिब ७ सय मिटर तल खसेको छ।

दुर्घटनामा अन्य ३ जना घाइतेको उद्दार गरिएका प्रहरीले जनाएको छ । बसमा अन्य पनि सवार रहेको हुन सक्ने आशंकामा खोजी र उद्दार कार्य जारी छ ।

गम्भीर घाइते ४ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित