शनिबार, २२ मंसिर २०७५
DainikNepal.com
शनिबार, २२ मंसिर २०७५

नेपाली सेनाबाट आयो यस्तो कडा अभिव्यक्ति

दैनिक नेपाल २०७५ असोज २५ गते १६:१३

काठमाडौँ, २५ असोज । प्रधानसेनापति पूर्णचन्द्र थापाले विखण्डनकारी समूहको नेपाली सेनाले सुक्ष्म अध्ययन गरिरहेको बताएका छन् ।
प्रधानसेनापति थापाले संविधानविरोधी विखण्डनवादी तत्वहरुले ल्याउन सक्ने सम्भावित सुरक्षा चुनौतिलाई नेपाली सेनाले सुक्ष्म ढंगले नियाली रहेको बताएका हुन ।

बिहीबार सैनिक जंगी अड्डा भद्रकालीमा आयोजित दशैंको शुभकामना आदनप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानले सुम्पेको जिम्मेवारी पूरा गरी राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता सुनिश्चित गर्नु नेपाली सेनाको परम कर्तव्य भएको उल्लेख गर्दै त्यसमा साथ दिन पनि सबैलाई आह्वान गरे ।

‘अहिले विखण्डनकारी समूहको गतिविधिलाई राज्यले प्रहरी प्रशासनको क्षमताभित्रको विषय ठानेर होला, हाम्रो डोमेनमा यो पर्दैैन । यद्यपि, सुक्ष्म निगरानी गरिरहेका छौं । राज्यले आवश्यक ठाने सेना तयार छ’, थापाले भने ।

सेनाले संविधानद्वारा निर्देशित दायित्व मात्रै निर्वाह गर्ने उल्लेख गर्दै थापाले त्यही अनुसार सेनालाई उभ्याउने बताए । पछिल्लो समय सेनाभित्र भ्रष्टाचार मौलिएको विषयबारे राखिएको जिज्ञासामा थापाले केही पक्षमा सुधार आवश्यक रहेको जवाफ दिए ।

प्रधानसेनापति थापाले नेपाली सेनालाई वर्तमान र भविष्यको जिम्मेवारी पूरा गर्न सक्ने गरी सुदृढ, सक्षम र सफल संगठनको रुपमा स्थापित गराउन आफू लागि परेको पनि स्मरण गराए ।

उनले गुण, दोष र कार्यक्षमताको आधारमा नेपाली सेनाका कर्मचारीहरुलाई अवसर दिने प्रणालीको विकास स्थापित गराउन आफूले काम सुरु गरेको पनि बताए ।

प्रतिक्रिया
सम्बन्धित