शनिबार, २२ मंसिर २०७५
DainikNepal.com
शनिबार, २२ मंसिर २०७५

प्रधानमन्त्री ओलीद्वारा प्रहरीको प्रशंसा

दैनिक नेपाल २०७५ असोज २५ गते १०:५५

काठमाडौं, २५ असोज । प्रधानमन्त्री केपी ओलीले नेपाल प्रहरीको देशप्रेम, इमान्दारिता र कर्तव्यनिष्ठा प्रशंसनीय भएको बताएका छन् ।

६३औं प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयले बिहीबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले कर्मठ प्रहरीले अपराध नियन्त्रण र अमनचयन कायम राख्न योगदान पुर्याएको भन्दै प्रशंसा गरेका हुन् ।

‘गौरवशाली इतिहास निर्माण गरेको प्रहरीको देशप्रेम, इमान्दारिता र कर्तव्यनिष्ठा प्रशंसनीय छ’, उनले भने, ‘कर्मठ प्रहरीले अपराध नियन्त्रण र अमनचयन कायम राख्न पुर्याएको योगदानको म प्रशंसा गर्छु ।’

संयुक्त राष्ट्र संघको अनुरोधमा विदेशस्थित विभिन्न द्वन्द्वग्रस्त मुलुकहरुमा शान्ति स्थापनाका लागि सञ्चालित मिसनमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल प्रहरीले अन्तर्राष्ट्रिय स्तरमा समेत नेपाललाई स्थापित गराउन भूमिका खेलेको प्रधानमन्त्रीले बताए ।

नेपाल प्रहरी सदैब जनताको सुरक्षाको पहरेदार र सेवकका रुपमा स्थापित भएको बताउँदै प्रधानमन्त्री ओलीले मुलुक विभिन्न सशस्त्र द्वन्द्वमा गुज्रँदा सीमित स्रोत र साधनका बीच आन्तरिक सुरक्षा कायम गरेको स्मरण गरे ।

प्रतिक्रिया
सम्बन्धित