शनिबार, २२ मंसिर २०७५
DainikNepal.com
शनिबार, २२ मंसिर २०७५

वामदेवको बुद्धि, विवेक र पार्टी एकीकरणको नालीबेली

मीनबहादुर पण्डित २०७५ असोज २४ गते १८:०४

-मीनबहादुर पण्डित

वामदेव गौतमलाई सांसद बनाउनका लागि काठमाडौँ क्षेत्र नम्बर ७ बाट नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट बिजयी सांसद रामवीर मानन्धरले राजीनामा गर्ने कुरा जनमानसलाई त्यति उपयुक्त र न्याय संगत लागेन । त्यसकारण यसको सामाजिक सञ्जालमा चर्को विरोध भैरहेको छ । बिरोध हुनु स्वभाविक पनि हो, किनभने जनताले रामवीर मानन्धरलाई ५ वर्षका लागि चुनेका हुन । त्यसैले कसैका लागि बिना कारण राजीनामा गरेर पन्छिनु उपयुक्त हुँदै होइन ।

कुनै सांसदको मृत्यु भएर पद खाली भएको अवस्थामा मात्र उपचुनाव गर्नु उपयुक्त र न्यायसंगत हुन्छ । प्रक्रिया मिलाएर मिलिजुली सत्तामा पुग्ने कुराले प्रजात्रन्त्र र लोकतन्त्रको धज्जी उडायो ।

प्रभावशाली नेतालाई ठाउँ छोडेवापत भविष्यमा मन्त्री वा त्यस्तै ठूलो पद पाइने आशा भएपनि यो कदम देश र जनताका लागि धोका नै हो । कानुनतः राजीनामा गर्न पाइने नियम आफ्नो ठाउँमा ठिक होला । तर, के कारण राजीनामा गरियो भन्ने कुराले चाहिँ ठूलो अर्थ राख्दछ । यदि भ्रष्टाचार, ज्यानमारा वा त्यस्तै प्रकारको अभियोग लाग्यो भने, अथवा स्वास्थ्यले साथ दिएन भने मात्र राजीनामा गर्दा उपयुक्त हुन्छ । तर, कसैलाई जिताउनकै लागि राजीनामा गर्नु त केवल जग हसाउने काम मात्र भयो । आइन्दा संसद उठ्ने व्यक्ति कम्तिमा ५ वर्ष शारीरिक र मानसिक रुपले काम गर्न सक्ने खालको छान्न राजनीतिक पार्टीहरुलाई अनुरोध छ । कुनै सांसदको मृत्यु भएर पद खाली भएको अवस्थामा मात्र उपचुनाव गर्नु उपयुक्त र न्यायसंगत हुन्छ । प्रक्रिया मिलाएर मिलिजुली सत्तामा पुग्ने कुराले प्रजात्रन्त्र र लोकतन्त्रको धज्जी उडायो ।

कसैलाई सांसद पद चाहियो भन्दैमा जनताले तिरेको कर वा राष्ट्रको ढुकुटी खÞर्च गरेर जति बेला पनि चुनाव गर्ने कुरालाई जनताले के आधारमा उपयुक्त मान्ने ? राष्ट्रलाई करोडौँ घाटा हुने गरी बेला न कुबेला चुनाव गर्ने कुरा पट्टक्कै मिलेन । यसरी चुनाव गर्दा जनआक्रोश स्वतः बढ्ने छ । अतः जनताले वामदेवलाई हराउन पनि सक्छन, तर केहि गरि चुनाव जितेमा पनि त्यसले जनतामाझ राम्रो सन्देश जादैन । केहि वर्ष अगाडी तत्कालीन गृहमन्त्री वामदेव गौतमले तत्कालीन एसएसपी रमेश खरेललाई काठमाँडौको प्रहरी प्रमुखबाट हटाउदा ठूलो जनबिरोध भएको थियो । फलस्वरुप त्यो बेला काठमाडौँमा भएको उपचुनावमा एमालेले काठमाडौँबाट हारेको थियो । त्यसैले यो त गलत समयमा गलत निर्णय भयो । यसले वामदेव गौतमको पनि बदनाम हुन्छ, अनि पार्टीको पनि बदनाम हुन्छ ।

यदि वामदेव संसदमा हुदैमा देश विकास हुने भए यो भन्दा पहिले पनि धेरैचोटी वामदेव संसदमा थिए । साथै मन्त्री र उपप्रधानमन्त्री समेत थिए, तर खै त देश विकास भएको ? पार्टीको जिम्मेवार र प्रभावशाली व्यक्ति देश र जनताको लागि काम गर्न सरकारमै जानु पर्छ र ?

सांसद रामवीर मानन्धरले बीबीसीसँगको एक इन्टरभ्युमा पार्टीले चाहे राजीनामा गर्न तयार छु भन्नु भयो । तर, यहाँलाई मेरो प्रश्न, हजुरलाई जिताएको पार्टीले कि काठमाडौँ सातका जनताले ? त्यसैले पार्टीको निर्देशन अनुसार चल्ने कि काठमाडौँ सातका जनताको भावना अनुसार चल्ने ? रामवीर मानन्धरले इन्टरभ्युमा राजीनामाको कारण भने देश विकासका लागि हो भने । तर, यसले देशको विकास होइन वामदेवको र रामवीरको मात्र विकास हुनेछ । यदि वामदेव संसदमा हुदैमा देश विकास हुने भए यो भन्दा पहिले पनि धेरैचोटी वामदेव संसदमा थिए । साथै मन्त्री र उपप्रधानमन्त्री समेत थिए, तर खै त देश विकास भएको ? पार्टीको जिम्मेवार र प्रभावशाली व्यक्ति देश र जनताको लागि काम गर्न सरकारमै जानु पर्छ र ? पार्टीमै बसेर पनि त सरकार सञ्चालनका लागि सहयोग र योगदान गर्न सकिन्छ । यो देशमा देश विकास गर्न सक्ने नेता वामदेव गौतम मात्रै हो ? शारीरिक र मानसिक रुपले सक्षम अनि जोस, जाँगर र जवानी हुँदा गर्न नसकेको विकास वामदेव ज्यू अब कसरी गर्नु हुन्छ ? सरकारमा जानु त धेरै परको कुरा, वामदेवलगायत धेरै नेताहरु उमेरका कारणले अब पार्टीमा बस्न समेत उपयुक्त छैनन् । इमान्दार, भिजन भएका, विज्ञ र सक्षम युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर पार्टी बाहिर रहेर अभिभावकको भूमिका निर्वाह गर्ने उमेरमा पनि अझै संसद बन्ने रहर गर्नु युक्ति संगत भएन ।

वामदेव गौतमले पार्टी एकीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन । तर, त्यसवापत वामदेव गौतमलाई सांसद पद पुरुस्कारका रुपमा दिन मिल्दैन । मदन भण्डारीले भने झैँ मैले यति वर्ष पार्टीमा योगदान गरे त्यसैले अब मलाई यो पद दिनैपर्छ भन्नु पुरस्कार वितरण समारोह जस्तै हो । त्यसैले यदि साँच्चिकै देश विकास गर्ने हो भने राजनीतिक पद योगदानका आधारमा होइन योग्यताका आधारमा मात्र दिइनु पर्दछ ।

मनमोहन अधिकारीका पालामा वामदेवले एक सिट पनि जित्न नसके पछि पुनः एमालेमा फर्के जस्तै, मावोवादी पनि चुनावमा पतन हुने भएपछि एमालेसँग मिल्न बाध्य भएको हो ।

करिब १५ र १६ वर्ष अगाडी वामदेव गौतम गृहमन्त्री हुँदा एमालेले स्थानीय निर्वाचनमा करिब दुई तिहाई सिट ल्याएको कुरा पनि बिर्सनु हुँदैन । अर्को एउटा घटना, मनमोहन अधिकारी जीवित छँदा एमालेले बहुमत ल्याएर पाँच वर्ष स्थिर सरकार चलाउने स्थिति थियो । तर, वामदेव गौतमले गिरिजा र खुमबहादुर खड्काको प्रभावमा परेर ४० सांसद लिएर पार्टी फुटाए । फलस्वरुप एमालेले बहुमतको सरकार बनाउने ठूलो अवसर गुमायो । एक इन्टरभ्युमा खुमबहादुर खड्काले गिरिजाको निर्देशनमा वामदेवलाई पार्टी फुटाउन मनाउने मै हो भनेर भनेका थिए । यो घटनाले गर्दा स्थिर सरकार बन्नबाट रोकेर देश विकासमा ठूलो घाटा भएको थियो । पछि ४० सिट लिएर फुटेको वामदेव नेतृत्वको पार्टीले एक सिट पनि जित्न नसके पछि बाध्य भएर पार्टी एकीकरणका नाममा उनी एमालेमै फर्किन बाध्य भएका थिए । त्यस कारण वामदेवले एक चोटी पार्टी फुटाए, एक चोटी पार्टी जोडाए, त्यसैले हिसाब बराबर । मनमोहन अधिकारीका पालामा वामदेवले एक सिट पनि जित्न नसके पछि पुनः एमालेमा फर्के जस्तै, मावोवादी पनि चुनावमा पतन हुने भएपछि एमालेसँग मिल्न बाध्य भएको हो । किनभने स्थानीय निर्वाचनमा मावोवादीको काठमाडौँ मै धरौटी जफत भएको थियो । त्यसो हुनाले पार्टी एकीकरण गरेर सत्तामा ५ वर्ष टिकुन् भनेर नेपाली जनताले वाम गठबन्धनलाई दुई तिहाई मतले जिताएका होइनन्, स्थिर सरकार बन्ला र देश विकास होला भनेर मात्र जिताएका हुन् । त्यसैले देश विकास नभए पार्टी एकीकरणको के अर्थ ?

कारण जे भए पनि चुनाव हारेको व्यक्तिलाई फेरि घुमाइफिराइ सत्तामा पुर्‍याउनु ठिक भएन । वास्तविक रुपले भन्ने हो भने धेरै नेताहरुको सरकारमा जाने उमेर होइन, पार्टी समेत छोडेर आराम गर्ने उमेर हो ।

राष्ट्रिय सभामा मनोनित गरेर पनि त वामदेव गौतमलाई मन्त्री बनाउन सकिन्थ्यो होला, तर भित्रि कुरा सायद केपी ओलीपछि प्रधानमन्त्रीका रुपमा वामदेवलाई तयार पार्न खोजिएको हो कि भन्ने अनुमान बुद्धिजीवी वर्गले लगाएका छन् । किनभने २ वर्षसम्म सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन पाइदैन, तर २ वर्ष पुगेपछि विगतमा झैँ प्रचण्डले भारतको प्रभावमा केपी बिरुद्ध मोर्चा खोले भने केपीको विकल्पका रुपमा वामदेव गौतमलाई संसदमा लान खोजिएको हुनुपर्दछ । कारण जे भए पनि चुनाव हारेको व्यक्तिलाई फेरि घुमाइफिराइ सत्तामा पुर्‍याउनु ठिक भएन । वास्तविक रुपले भन्ने हो भने धेरै नेताहरुको सरकारमा जाने उमेर होइन, पार्टी समेत छोडेर आराम गर्ने उमेर हो । अब त युवाहरुलाई देश विकासको जिम्मा दिनु पर्दछ, देश विकासमा योगदान गर्ने नै हो भने यहि नै उपयुक्त र अन्तिम विकल्प हो ।

प्रतिक्रिया
सम्बन्धित