
अमेरिका, २३ असोज । धादिङ नेपाली समाज अमेरिकाको प्रथम महाधिवेसनबाट दिवाकर पाण्डे अध्यक्षमा निर्वाचित भएका छन् ।
अमेरिकामा बसोबास गर्ने धादिङबासीहरुको धादिङ नेपाली समाज अमेरिकाको प्रथम महाधिवेसनबाट सर्वसम्मत पाण्डे अध्यक्षमा निर्वाचित भएका छन् ।
उपाध्यक्षमा भक्त गुरुङ र उर्मिला श्रेष्ठ, महासचिब विकास कँडेल, सचिब बिनोद रुवाली, ट्रेजररमा रमा खतिवडा रहेका छन् ।
अध्यक्ष पाण्डेले सम्पूर्ण धादिङबासीहरुको एकतामा जोड दिए । साथै अमेरिकामा रहेका धदिङबासीहरुको सुख, दुख सबैमा साथ दिने र एक अर्कालाई सहयोग गर्दै अघि बढ्ने प्रतिवद्धता जनाए ।
न्यूयोर्कको लङ आइल्यन्डमा निवासी पाण्डे लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका छन् ।















प्रतिक्रिया