१ कार्तिक २०८३, शनिबार

अमेरिकामा तेस्रो ग्लोबल नेपाली फिल्म सोसिएल अवार्ड हुने

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नर्थ क्यारोलिना । नेपाली चलचित्र उधोगको वजारलाई विश्वभर पहिचान गराउदै सम्पूर्ण चलचित्रकर्मिहरुको प्रोत्साहन र सम्मानका लागि बिगत दुई वर्षदेखि आयोजना हुँदै आइरहेको ग्लोबल नेपाली फिल्म अवार्ड यस वर्ष पनि अमेरिकामा हुने भएको छ ।

बिगतका दुई संस्करणहरू सभ्य र भब्य रुपमा सम्पन्न भैसकेको सो अवार्डको तेस्रो संस्करण नर्थ क्यारोलिना राज्यको सुन्दर रानी शहर सार्लोटमा हुने भएको हो ।

नेपाली फिल्म सोसाइटी अमेरिकास्थित ग्लोबल नेपाली फिल्म अवार्ड यल यल सी र लभ एण्ड सपोर्ट फाउन्डेसन् अमेरिकाको संयुक्त आयोजनामा आगामी डिसेम्बर २२ तारिख शनिबारका दिन हुने भएको छ ।

हरेक वर्ष प्रदान गरिदै आइरहेको विभिन्न विधाका फिल्म अवार्डका अलावा यस वर्ष नेपाली संगीत, संचार र सामाजिक क्षेत्रमा बिशेष योगदान दिनु भएका श्रस्टा र सर्जक एवम् अभियन्ताहरूलाई पनि एकै मन्चमा सम्मान र अवार्ड प्रदान गरिने भएको छ ।

नेपाल ,अमेरिका ,भुटान लगाएत संसारभरका नेपाली चलचित्रकर्मी , संगीतकर्मी , संचारकर्मी र सामाजिक अभियन्ताहरु यसपटकको अवार्ड वितरण समारोहमा सम्मानित हुने हुँदा यसपटक रोचक हुने बिश्वास गरिएको छ।

हालै मात्र प्रेषित सूचना अनुसार सो अवार्ड समारोह आयोजनाका लागि गाएक एबं लभ एंड सपोर्ट फाउन्डेसन् अमेरिकाका अध्यक्ष मनोज राई तथा अन्तरास्ट्रिय नेपाली पत्रकार संघका महासचिव एबं लभ एंड सपोर्ट फाउन्डेसन् अमेरिकाका कार्यक्रम निर्देशक शिव विष्टको संयोजकत्वमा १७ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । त्यसैगरी नेपाली फिल्म सोसाइटीको तर्फबाट नेपालमा मधु कुमार श्रेष्ठलाई संयोजकको जिम्मेवारी तोकिएको छ ।

यसअघि दुई संस्करण संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यको डेनभर शहरमा सफलता पूर्वक सम्पन्न भएको यो अवार्डले ‘नेपाली सिनेमा भिलेज टु ग्लोबल’ नारा अघि सारेको छ ।

नेपाली चलचित्रकर्मीहरुलाई सम्मान, पुरस्कार र प्रोत्साहनका साथै सिनेमाको बजार प्रवद्र्धन, पुनर्मिलन र चलचित्र पर्यटन अवार्डका उद्देश्य रहेको आयोजकद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अवार्डका लागि चाँडै नै छनोट समिति गठन हुने र त्यसपछि पत्रकार भेटघाट गरिने नेपाल फिल्म सोसाईटीका अध्यक्ष कृष्ण मल्ल, ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठ, लभ एन्ड सर्पोट फाउन्डेशनका अध्यक्ष मनोज राईद्वारा जारी गरिइएको विज्ञप्तिमा भनिएको छ ।

साथै प्रवाशमा रहेर पनि नेपाली कला ,संगीत ,संचार र सामाजिक क्षेत्रमा योगदान दिएका श्रस्टाहरुलाई अवार्ड र सम्मान प्रदान गर्दा थप प्रोत्साहित हुने कुरामा आयोजकहरु विश्वस्त रहेका छन् ।

त्यसैगरी यसपटकको अवार्ड समारोहमा नेपाली चलचित्र र संगीतलाई अति माया गर्ने नेपालीभाषी भुटानी चलचित्रकर्मी ,संगीतकर्मी र कलाकर्मीहरुलाई समेत अवार्ड र सम्मान प्रदान गर्न लागिएकोले भुटनीज समुदाय समेत उत्साही रहेको कुरा आयोजक मध्यका एक मनोज राईले बताएका छन् ।