२९ आश्विन २०८३, बिहिबार

यो हो दूध दिने नेपाली गोरु

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लामा पहिले कहींकतै नदेखेको नसुनेको दूध दिने गोरु हेर्न आउनेको लर्को अझै घटेको छैन ।

हेलम्बु गाउँपालिका इचोक पुरानागाउँस्थित दुधालु गोरु हेर्न आउनेहरूका लागि सेवा दिन र गोरुको संरक्षणका लागि गाउँपालिका आफैं जुटेका छन् । ।

पुरानागाउँमै गोरुका लागि घाँसपात, दानापानीको सम्पूर्ण खर्च गाउँपालिकाले व्यहोरिरहेको हेलम्बु गाउँपालिकाका प्रमुख निमाग्याल्जेन शेर्पाले बताए ।

‘दूधको थप ल्याब टेस्ट गर्न बाहिरी देश पठाउने तयारी गरिरहेका छौं’, शेर्पाले भने, ‘दुधालु गोरुले सिन्धुपाल्चोकलाई चिनायो, त्यसको संरक्षणमा हामी लाग्नुपर्छ ।’

हाल गाउँपालिकाले दूध दिने गोरुसँगै शिवमन्दिर निर्माण कार्ययोजना बनाइरहेको छ ।