शनिबार, २२ मंसिर २०७५
DainikNepal.com
शनिबार, २२ मंसिर २०७५

यी व्यक्तिको अनौठो जुँगाले छक्कै बनायो

दैनिक नेपाल २०७५ असोज २० गते ९:४२

क्वालालामपुर । मेसियामा सैलुन चलाउने कैलाश नाउ चर्चामा छन् । धेरैको नजरमा उनीमाथि हुन्छ ।

कैलाशले गालामा झपक्क बाक्लो दाह्री पालेको छन् । त्यसको छेउबाट एन्टेना आकारको जुँगा निकालेका छन् ।

जुँगाका कारण उनी मलेसियाका मिडियामा समेत छाइरहेका छन् । मलेसियाको एक मात्र अंग्रेजी माध्यमको ब्रोडसिट समाचारपत्र न्यू स्ट्रेट टाइम्सले उनको बारेमा विशेष समाचार छापेको छ ।

उनले जुँगाकै कारण आफूलाई अमेरिका र ब्रिटेनमा भएको तीन अन्तर्राष्ट्रिय जुँगा÷दाह्री प्रतियोगितामा निमन्त्रणा आइसकेको बताएका छन् ।

दुरभाग्यवश आयोजकहरुको बलियो सिफारिसको बावजुद उनले दुई पटक भिषा पाउन सकेनन् ।

कैलाश मलेसियाको राजधानीको जलन टुन एचएसलीमा रहेको मास्टर सैलुन सञ्चालन गर्छन् । उनी आफ्ना ग्राहकहरूसँग कपाल काटे बापत मलेसियन रिङ्गिट १२ र सेभ गरेको बापत अतिरिक्त मलेसियन रिङ्गिट १० लिन्छन् । उनका अधिकांश ग्राहक नेपाली अप्रबासी कामदारहरू छन् । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित