शनिबार, २२ मंसिर २०७५
DainikNepal.com
शनिबार, २२ मंसिर २०७५

नेकपाको अन्तरद्वन्द्व र समृद्ध नेपाल

वि.वि. श्रेष्ठ २०७५ असोज १९ गते ११:४९

-वि.वि. श्रेष्ठ

इतिहासको नै पहिलो दुई तिहाईको सरकार गठन सँगै आर्थिक र विकासमा गति वढ्ने आशा गरेको आम नेपाली जनतामा नैराश्यता छाउन थालेको छ । सरकार गठन भएको लामो समय नभएता पनि ओली नेतृत्वको सरकारसँग आम जनताको आशा र भरोसा जोडिएको थियो ।

विशेष गरेर विगतमा भारतले गरेको नाकाबन्दी र कांग्रेसको जनताप्रतिको कमजोर भुमिकाको जडमा उभिएर राष्ट्रियता, स्वतन्त्रता र समृद्ध नेपालको परिकल्पनाका कल्पनाकारका रुपमा हेरिएको केपी ओलीको तत्कालिन पार्टी नेकपा एमाले र माओवादीको एकिकरणले नै देशमा विकास र समृद्धि हुने जनअपेक्षाको प्रतिफल नै देशको नै पहिलो पार्टी बन्न पुग्यो ।

तत्कालिन एमालेको महासचिव माधव कुमार नेपालको समयमा भएको पहिलो संविधान सभाको चुनावमा पार्टीको लज्जाजनक हार र त्यसपछि केपी ओलीको उदय पछिको सन्दर्भमा हेर्ने हो भने आकाश जमिनको फरक पाउन सकिन्छ । केपी ओलीको नेतृत्वमा तत्कालिन एमाले पहिलो पार्टी हुन सफल भयो भने राष्ट्रिय तथा अन्र्तराष्ट्रिय जगतमा पनि केपी ओलीको भुमिकाले राम्रो चर्चा कमाउन सफल भयो ।

त्यसैको फलस्वरुप जनताले केपी ओली नेतृत्वको तत्कालिन एमाले पार्टीलाई पििहलो पार्टी वनायो । यसमा केपी ओलीको प्रत्यक्ष भुमिका रहेको कतै छुपेको छैन । स्थानिय तहमा एक्लै पहिलो दल वन्न सफल एमाले, संघिय र प्रदेशको चुनावमा एमाले र माओवादीको एकिकरण सँगै देशको नै सवैभन्दा ठुलो दल बनेर अहिले अन्य दलको समर्थन दुई तिहाईको सरकार बनेको छ । इतिहासमा नै पहिलो पटक बनेको सवैभन्दा शक्तिशाली पार्टी

नेकपाको नेतृत्वको सरकार बनेको छ । चुनावमा जनतामाझ गरेका विभिन्न आश्वासनको चाङ्क पुरा हुने आशमा मत दिएर पहिलो पार्टी वनाएको सरकार जनतामा लोकप्रिय भएर जनताको हक, अधिकार र विकासमा समर्पण हुने भन्दा पनि आफनै आन्तरिक द्वन्द्वका कारणले खस्किएको छ । जुन आन्तरिक द्वन्द्वले सरकार र विशेष गरि केपी ओलीको साख गिरेको छ ।

हिजो सरकार र सत्ता बाहिर बसेर सुखी नेपाली समृद्ध नेपाल बनाउने उद्घोष गरेको हालका प्रधानमन्त्री केपी ओलीको भाषण यो सन्दर्भमा सान्र्दभिक बनेको छैन । सरकार बाहिर हुदाँ सान्र्दभिक लाग्ने बिषयवस्तु सरकार हुदाँ सान्र्दभिक नहुने रहेछ । जुन कुरा आजको सरकारको अभिव्यक्तिले प्रष्ट पारेको छ । सम्पुर्ण अधिकार सम्पन्न सरकारलाई काम गर्न कुनै पनि शक्ति र विपक्षी पार्टीले रोकेको छैन, किनकि सरकार सँग नै दुई तिहाई छ । विपक्षी पार्टीले कुनै पनि अवरोध गर्ने ल्याकत राख्ने हैसियत राख्दैन ।

आफ्नोे हैसियत र जिम्मेवारी समेत हेक्का नराख्ने नेताका कारण आज देशको यो दुर्दशा भएको कुरामा कुनै शंका छैन , देशमा विपक्षी दल नै नभएको आभास भएको सन्दर्भमा आफनै पार्टीको वरिष्ठ नेताको अभिव्यक्तिले सिगो देशमा नै हलचल मच्चाईदियो ।

यो समयमा समेत काम गर्न नसकेर भाषण र अन्तरद्वन्द्वमा रमाउदाँ भोली जनताले के भन्ला समेत भन्ने हेक्का समेत राख्न नसकेको देखिन्छ । धेरै खाएपछि चिनी पनि विष वन्छ भने झै नेता र मन्त्री लगायतको भाषणले जनतालाई आतंकित पारेको छ । उखान र टुक्काका लागि मात्र योग्य रहेछ भन्ने आवाज मुखतरित भएको सन्दर्भमा झन सरकारका आसेपासे र अन्य मन्त्रिका भुमिकाका कारण नेकपाको मात्र होईन स्वयं केपी ओलीको साख जनतामा धुमिल वन्दै गईरहेको छ । सरकारका काम कारवाही र योजनाका वारेमा जनतालाई जानकारी दिन प्रवक्ता छ, तर सरकार किन गफ मात्र वढि गरिरहेको छ ? एउटै कुरा पटक पटक सुन्दा सुन्दा आजित भएका जनता सरकारको यो रवैयाका कारण विक्षिप्त बनेको छ । समयको महत्वलाई नवुझदाको परिणाम भोगेर पनि शिक्षा लिन नसकेको सरकार फेरि पनि असफल हुन तिव्र गतिमा कुदिरहेको छ ।

नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले संसदमा उभिएर देश डुबन लागिसक्यो, आउ कोही माझी, ढुंगा उतारिदेउ भनेर फलाक्नुभयो । आफ्नोे हैसियत र जिम्मेवारी समेत हेक्का नराख्ने नेताका कारण आम जनतामा नैराश्यता छाउनेछ भन्ने समेत सोच्न सकेनन् । यस्तो गैरजिम्मेवार नेताका कारण नै आज देशको यो दुर्दशा भएको कुरामा कुनै शंका छैन । देशमा विपक्षी दल नै भएको आभास नभएको सन्दर्भमा आफनै पार्टीको वरिष्ठ नेताको अभिव्यक्ति सिङ्गो देश नै हलचल मच्चाईदिएको छ ।

पार्टीभित्रका असन्तुष्टि पार्टीको बैठक र सम्वन्धित व्यक्तिलाई भन्नुपर्दछ भन्ने हेक्का समेत नभएको नेताहरू नै देश र पार्टीका लागी धमिराहरू हुन् । त्यस्ता नेताहरूको पक्ष र विपक्षमा लागेर हामी पनि आफ्नोे भुमिका प्रकट गरिहेका छौ । विपक्षी पार्टीको भुमिका लगभग शुन्य भईरहदाँ (पार्टी भित्रको अन्तरद्वन्द्वमा विपक्षी कांग्रेस हासिरहेको छ । कांगे्रस नेताहरूले सरकारको विरोध हामीले हैन स्वयं पार्टीभित्रबाट भईरहेको अभिव्यक्ति आईरहेको छ । देश विकास र जनताको आर्थिक समृद्धिमा भुमिका खेल्नुपर्ने वेलामा नेताहरूको दोहरीले आम जनता र कार्यकर्तालाई नै निराश वनाएको छ । कार्यकर्ता हरू राम्रो लाई राम्रो र नराम्रो लाई समेत नराम्रो भनेर भन्न नसकि नेताको वचाउमा समाजिक संजालमा आफ्नोे रोईलो प्रकट गरिरहेका छन् । नेताको जे अभिव्यक्ति पनि सहज मान्नुपर्नेे र जनताले सरकारलाई सुझाव दिदाँ अव्यवहारिक र आलोचना मात्र गर्छन भन्नु अगाडी आफ्नोे पनि अनुहार हेर्न सान्र्दभिक हुन आउँछ ।

सिण्डिकेटको अन्त्य, तरकारीको सिण्डिकेट, ठेकेदारलाई कारवाही, स्वास्थ्य क्षेत्रको विकृत्तिको अन्त्य गर्ने निर्णय गरेको सरकार कार्यन्वयन मा फितलो वनिदिदाँ आफनै निर्णय गलपासो वनिदियो । वलत्कार जस्तो जघन्य अपराधमा समेत सरकार उदासिन वनिदियो । निर्मला हत्याकाण्डको दोषीलाई पत्ता लगाउन नसकेर सरकार नराम्रो सँग जनतामाझ नाङ्कियो ।

वलात्कारलाई कारवाही गर्नु भन्दा पनि कांग्रेसले राजनिती गरयो भनेर आफ्नोे नालायकीपन प्रकट गरयो । सुन तस्कर, दरवार हत्याकाण्डा भन्दा पनि शक्तिशाली शक्ति को रहेछ जुन सरकारले जनतामाझ ल्याउन सक्दैन भन्ने प्रश्न अविरल बनेर खडा वनिदियो । जुन शक्तिले सरकार नै गिर्छ कि जस्तो, यति धेरै नालायकी देखाएर सरकार जनताप्रत्ति उत्तरदायी छैन भन्ने प्रमाणित गरिदियो । शुसासन र समृद्धिका नारा त केवल शक्ति र सत्ताका लागि मात्र रहेछ भन्ने पुष्टि गरिदियो । जुन आम जनताको मुखारविन्दुवाट प्रकट भईदियो ।

भाषण र उद्घाटनमा नै रम्न अभ्यस्त बनेका नेकपा का मन्त्री र सांसदको यहि रवैयाले दुईतिहाईको दम्भमा रहेको सरकार दुईतिहाई सरह पतन हुनेमा शंका छैन । काम र जिम्मेवारी भन्दा पनि खोक्रो प्रचार र समाजिक संजालमा अभ्यस्त हुन गरिने क्रियाकलाप प्रति जनताको नकारात्मक धारणा उत्पन्न भईसकेको छ । जिम्मेवारी वहन गर्न तर्फ उन्मुख नहुने आम नेता, मन्त्री र अन्य जो कोही सँग पनि सति जान अवको दिनमा कुनै जनता त के कार्यकर्ता समेत तैयार छैनन भन्ने वुझन सरकार र मन्त्रीहरूले वुझेनन भने राम राम मात्र भन्न सकिन्छ, काँध थाप्न सकिदैन । सुखी नेपाली र समृद्ध नेपाल व्यवहारिक कार्यन्वयनका लागि आम जनता तैयार बनेको सन्दर्भमा सरकारको केटौलेपनले गिज्जाई रहेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित