१ कार्तिक २०८३, शनिबार

मिर्गौला पीडितलाई पोर्चुगलबाट आर्थिक सहयोग

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरत प्रधान

लिस्बन । दुबै मिर्गौला फेल भई उपचाररत रहेका नवलपुरका एक युवालाई नवलपुर समाज पोर्चुगलले आर्थिक सहयोग प्रदान गरेको छ ।

जिल्लाको गैंडाकोट नगरपालिका – ६ का ३३ वर्षीय शक्तिप्रसाद चालिसेको उपचार सहयोगार्थ समाजले आर्थिक सहयोग गरेको हो ।

पीडित चालिसेको आर्थिक अभावका कारण उपचारमा समस्या देखिएपछि समाजले रकम संकलन गरि प्रवासी मूलुक पोर्चुगलबाट आर्थिक सहयोग गरेको हो ।

समाजले सञ्चालन गरेको आर्थिक सहयोग अभियान अन्र्तगत संकलीत एक लाख २३ हजार एक सय रुपैयां नगद पीडित चालिसेको बैंक खातामा पठाईएको समाजका अध्यक्ष जयभद्र सापकोटाले जानकारी दिए ।

आफ्नो जीवन रक्षाका लागि सहयोगको याचना गरेका चालिसेको उपचारमा राहत मिलोस् भन्ने उद्धेश्यले रकम संकलन गरि पठाइएको सापकोटाले बताए ।

काठमाडौंस्थित बीर अस्पतालमा डायलाइसिस गरी उपचार गराइईरहेका पीडित चालिसेको मिर्गौला प्रत्यारोपणको लागि पहल भईरहेको छ ।

चालिसेको उपचारका लागि जापान, दक्षिण कोरिया, कतार, साउदी अरब लगायतका प्रवासी मूलुकहरुबाट समेत सहयोग जुटिरहेकोे सापकोटाले बताए ।

यसअघि समाजले चालिसेको उपचार सहयोगार्थ एक लाख सात हजार पांच सय ८५ रुपैयां नेपाल पठाएको थियो । पीडित चालिसेको श्रीमती, ४ बर्षीय छोरा र बृद्ध बुवाआमा रहेका छन् ।