१ कार्तिक २०८३, शनिबार

सीके राउतविरुद्ध अमेरिकामा मधेसी युवाले भने–हामी नेपाल टुक्रिन दिन्नौं

13k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


पिट्सवर्ग, १८ असोज । संयुक्त राज्य अमेरिकामा रहेका नेपाली मधेसी समुदायका युवा उद्यमी, व्यवसायी र विद्यार्थीले सीके राउतविरुद्ध जनकपुरबाट असहयोग आन्दोलन सुरु गर्ने घोषणा गरेका छन् ।

हालै अमेरिकाको पेनसिलिभ्यानिया राज्यको पिट्सवर्ग मेट्रो सिटीमा नेपाली मुलका विभिन्न पेशामा लागेका मधेसी समुदायका युवामाझ आयोजित एक वैचारिक गोष्ठीमार्फत उनीहरुले यस्तो निर्णय लिएका हुन् ।

महोत्तरी जिल्लाबाट अमेरिका आई विगत एक दशकदेखि बस्दै आएका उद्यमी जय साहको अध्यक्षतामा गोष्ठी भएको थियो । त्यस्तै गोष्ठीमा डा. राजेश साह (सुनसरी) ई. प्रणय साह (सिरहा), ई.सर्वेश मण्डल (सिरहा), ई. विनयविक्रम बर्मा (बाँके), डा. रविकान्त गुप्ता (सप्तरी), ई. अभि गुप्ता (सप्तरी), उद्योगपति सत्य साह (धनुषा), रञ्जन साह (धनुषा), कृष्ण गुप्ता (काठमाडौं), सञ्जय चौधरी (महोत्तरी), राजीव साह (महोत्तरी), राज साह (सर्लाही), अजय गुप्ता (पर्सा), बिकेश यादव (सिरहा), राजनन्दन यादव (बारा), अर्जुन मण्डल (महोत्तरी), रमेश यादव (धनुषा), जितेन्द्र साह (धनुषा)को उपस्थिति रहेको थियो ।

गोष्ठीमार्फत मधेसी समुदायका युवाले ‘युथ फर ट्वेन्टी टु सेन्चुरी’ नामक एनजिओ पनि गठन गरेको जय साहले जनाएका छन् । आफूहरुले मुख्यतः कसरी जनकपुरबाट सीके राउतलाई रोक्न असहयोग आन्दोलन सुरु गर्ने र तराईका सबै जिल्लामा हामी नेपाल टुक्रिन दिन्नौं नामक अभियान चलाउने निर्णय गरेको साहले बताए । त्यस्तै उनले आफूहरुले गैर राजनीतिक तरिकाले सीके राउतको नाम नलिईकन सीके राउतको बढ्दो लोकप्रियतालाई कसरी रोक्ने भन्नेबारे पनि बृहत् छलफल गरेको जनाए ।

नेपाल र मधेसमा भएका बहुभाषीय, बहुजातीय र बहुभेषभूषामा भिन्नताका समस्यालाई गैर राजनीतिक तरिकाले कसरी समाधान गर्ने र जसले गर्दा अरु युवालाई अर्को सीके राउत बन्न नपरोस् भन्नेबारे पनि आफूहरुमाझ छलफल भएको उनको दाबी छ ।

तराईमा रहेका आर्थिक, सामाजिक र अधिकारको कमीलाई गैरराजनीतिक तरिकाले कसरी सम्बोधन गर्न सकिन्छ भन्नेबारे पनि छलफल गरेको साहले बताए ।