१ कार्तिक २०८३, आइतबार

पीपीएल अक्सनको दोस्रो सेसनमा कुन खेलाडी कतिमा बिके ?

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असोज । पोखरा प्रिमियर लिग (पीपीएल)को अक्सन जारी छ । राजधानीको सांग्रिला होटलमा पीपीएल अक्सनको दोस्रो सेसनमा थुप्रै खेलाडीहरु अनुबन्ध भइसकेका छन् । लिगमा कुल ६ टिमले सहभागिता जनाउनेछन् ।

सन्दीप जोरा धनगढीमा ९० हजारमा अनुबन्ध भएका छन् । त्यस्तै राष्ट्रिय टोलीका प्रभावशाली खेलाडी अधिकतम मूल्य २ लाख ५० हजारमा चितवनमा आबद्ध भएका छन् ।

नन्दन यादव ५० हजारमा काठमाडौंमा आबद्ध भए । विराटनगरले जितेन्द्र सिंह ठकुरीलाई ७० हजारमा किन्यो । लेजेण्ड स्पिनर बसन्त रेग्मी अधिकतम मूल्य २ लाख ५० हजारमा गोलापर्थाद्वारा काठमाडौँमा अनुबन्ध भए ।

सुमित महर्जन ५० हजारमा चितवनमा, कृष्ण कार्की १ लाखमा कृष्ण पोखरामा, भिम सार्की अधिकतम मूल्य १ लाख ५० हजारमा गोलापर्थाद्वारा बुटवलमा आबद्ध भए । यस्तै सोनु तामाङ ८५ हजारमा चितवनमा, कुशल भुर्तेल १ लाख ५० हजारमा पोखरा पल्टनमा, बिक्रम कुमार भुसाल पनि ५० हजारमा पोखरामै अनुबन्ध भएका छन् ।

सुनिल धमला २ लाख २० हजारमा विराटनगरमा आबद्ध हुँदा अमित श्रेष्ठ अधिकतम मूल्य १ लाख ५० काठमाडौं रोयल्समा अनुबन्ध भए । महबुब आलाम न्यूनतम मूल्य ५० हजार बिक्रि भएका छन् ।

हरेक टिमले कम्तीमा १० खेलाडी अक्सनमार्फत क्लबमा अनुबन्ध गराउनुपर्नेछ । पीपीएलमा कुल ६ टिमले भाग लिएका छन् । पीपीएल कार्तिक ९ देखि २० गतेसम्म पोखरामा हुँदैछ ।