५ कार्तिक २०८३, बिहिबार

चर्चा कमाउने सजिलो बाटो ‘भल्गारिटी’ !

3.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । केही महिनायता बलात्कारका घटना वृद्धि भएको छ । पत्रपत्रिकाका पानाहरुमा सोच्नै नसकिने गरी बलात्कारका समाचारहरु प्रकाशित भएका छन् । रेडियोले पनि बलात्कारका समाचार बजाइरहेका छन् । चिया पसलदेखि भट्टीसम्म आजकाल यसै विषयमा कुरा चल्न थालेको छ । यसको अर्थ- देशमा अपराध मौलायो ।

कञ्चनपुरकी १४ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो । यो घटनाबारे सायदै मानिस बेखबर रहे । सडकदेखि संसदसम्म तात्यो । तर, अपराधी समातिएन । त्यसपछि लगातार बलात्कारका घटनाहरु हरेक नेपालीका कानमा ठोक्किरहे । मन दुखाइरह्यो । कतै बलात्कारी समातिए कतै अनुसन्धान हुँदैछ ।

बलात्कारी पनि हाम्रो समाजले नै जन्माएको हो भन्नेहरु पनि छन् । पहिरनले बलात्कार बढ्छ भन्ने पनि कम छैनन् । त्यो केही हदसम्म सही हो । साना कलिला बालिकाहरु बलात्कार हुँदा पहिरनलाई कारण मान्नेहरु ब्याक हटे ।

तर, आज हामी बलात्कारका बारे लेखिरहेका छैनौं । बलात्कारका लागि थोरबहुत मलजल गर्ने हाम्रै समाजका केही पात्रको वरिपरी रहेर चर्चा गर्दैछौं ।

सामाजिक सञ्जालले अनेपेक्षित मानिसहरुलाई रातारात हिट बनाइदिएका छन् । सञ्जालमा आफूलाई प्रस्तुत गरेर चाँडै बजारमा जम्न चाहनेहरु कम छैनन् । तर, रातारात हिट हुन खोज्नेहरु उनीहरुको मामिलामा सफल पनि भए ।

भल्गारिटीमार्फत चर्चा र विवादमा रहन सफल एक युवती हुन् सरस्वती लामा । उनी गायन कलामा भन्दा अश्लीलतामा अब्बल देखिन्छिन् । उनको गीत हेर्न र सुन्न भन्दा पनि छाडापनलाई माया गर्नेहरु धेरै छन् ।

लामालाई छाडापन शो गर्न देशविदेशमा भ्याइनभ्याई छ । सरस्वती लामालाई युट्युबमा गरिएको खोजीलाई मान्ने हो भने उनको अश्लीलता नेपालमा मात्र नभई विदेशमा पनि राम्रैसँग बिकेको छ । उनी दर्शकको मागअनुसार लुगा समेत फुकाल्न तयार हुन्छिन् । पुरै ननांगिए पनि उनको भल्गर अवतार राम्रैसँग देखिन्छ ।

एक अन्तर्वार्तामा उनले भनेकी थिइन् कि स्टेजमा ज्याकेट फुकाल्नु मेरो स्टाइल हो । ज्याकेट फुकाल्दैमा आफू नांगो नभएको उनको भनाइ थियो ।

भल्गारिटीमार्फत चर्चामा आएकी अर्की गायिका हुन् ज्योति मगर । ज्योति मगरप्रति दर्शकको छुट्टै अवधारणा बनिसकेको छ । उनी गीत र अभिनयमा मात्र अब्बल छैनन्, बडी शो अपमा उत्तिकै छिन् । गीतबाट भन्दा पनि सेक्सी लुक्स देखाएर उनी एकाएक चर्चामा आएकी थिइन् । यसैकारण स्टेज कार्यक्रममा उनको सर्वाधिक माग हुन थाल्यो ।

शुभेच्छा थापा नेपाली चलचित्रकी एक विवादित अभिनेत्री हुन् । ग्ल्यामर बजारमा उनको काण्डहरु निकै हिट भए । सर्वाधिक हिट भएको एउटा काण्ड हो- वक्षस्थल माछाले छोपेर फोटोशूट गर्नु । हिट हुन उनले अपनाएको यो जुक्तिले धेरै विवाद खेप्यो । उनीमाथि अश्लीलतालाई मलजल गरेको आरोप लाग्यो । तर, यो आइडिया उनको होइन । भारतीय मोडल शर्लिन चोपडाले पनि माछाले वक्षस्थल छोपेर फोटो खिचाएकी थिइन् । उनले पनि त्यसै गरिन् । यो नेपाली समाजमा पाच्य भएन । घोर आलोचना भयो । उनले खादाले भित्री अंग छोपेर फोटोशूट गरिन् । त्यो पनि हिट भयो । तर, झन् विवाद खेप्यो । थापाले पछि माफी नै माग्नु पर्‍यो ।

माथिका पात्रहरुले हिट हुन नयाँ उपाय रोजे । हिट भए । तर, गालीको वर्षात् खेप्नु पर्‍यो । अझै खेपिरहेका छन् । यसैबीच हालै मात्र मोडल लक्ष्मी आचार्यको एउटा फोटोशूट भाइरल भयो । उक्त फोटो हालसालैको नभएपनि चर्चा भने अहिले पायो । त्यसमा उनले कुकुरको सहायताले आफ्ना गोप्य अंग छोपेकी छन् । जसलाई नेपालको एक चर्चित साप्ताहिकले छापेको थियो ।

उनको गीत कुनकुन बजारमा आए भन्ने कमैलाई थाहा होला । गीत संगीतमा लागेको लामो समयसम्म पनि उनी चर्चामा आइनन् । हिट भइनन् । उनले पनि चर्चामा आउने पुरानो बाटोमा नयाँ गाडी चलाइन् । नांगो रुप सारालाई देखाइन् । चर्चासँगै उनी यति विवादमा आइन् कि अहिले उनलाई गुगल र फेसबुकमा सर्वाधिक खोजी भइरहेको छ ।

माथिका पात्रहरुबाट के थाहा हुन्छ भने कला क्षेत्रमा लामो समयसम्म संघर्ष गर्दा पनि नाम कमाउन नसकेपछि अर्कै बाटो रोजिन्छ । चर्चा बटुल्ने सजिलो बाटो भनेको भल्गारिटी शो गर्नु नै हो । यसमा कोही पनि असफल हुँदैनन् । जसजसले यो उपाय अपनाउँछन् ती सबै हिट हुन्छन् ।

भल्गारिटीकै कारण समाजमा नकारात्मक मानसिकताको विकास भइरहेको भन्ने आरोप लागिरहँदा बलात्कारका घटना बढ्नु राम्रो होइन । भल्गारिटीकै शतप्रतिशत बलात्कारका घटना नघटेपनि केही मलजल भने पक्कै गरेको छ ।