५ कार्तिक २०८३, बिहिबार

यो फिल्मले हल पुग्नु अगाडि खर्च उठायो

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड फिल्म फिल्म ‘पटाखा’ रिलिज भएको छ । ‘पटाखा’ सानो बजेटमा बनेको फिल्म । फिल्ममा ठूला स्टार छैनन् ।

‘पटाखा’लाई विशाल भारद्वाजले बनाएका हुन् । प्रोडुसरको लागतको एक ठूलो हिस्सा बचेको छ । बक्स अफिसमा चलचित्रको कलेक्शनको कुरा गर्ने हो भने यो चलचित्रले रिलिज हुनुभन्दा अगाडि नै आफ्नो लागत कमाइसकेको छ ।

‘पटाखा’को बजेट १२ करोड भारतीय रुपैयाँ हो । रिलिज हुनुभन्दा अगाडि नै डिजिटल, म्यूजिक र सेटेलाइटमार्फत चलचित्रले आफ्नो लगानी असुल गरिसकेको छ । चलचित्रले अब जति पनि कमाई गर्नेछ त्यो नाफा हुनेछ ।

‘पखाटा’मा फरकपनका कारण बक्स अफिसमा राम्रो कारोबार गर्न सक्ने अनुमान गरिएको छ । विशाल यस्ता निर्माता, निर्देशक हुन जो फरक र रोचक ढंगले कथा बनाउन पोख्त छन् ।

ओमकारा, मक़बूल, कमीने, हैदर या रंगून उनको चलचित्र शेक्सपियरको कहानीसँग प्रेरित हुने गरेको पाईन्छ । यसपटक विशालले लेखक चरण सिंह पथिकको ६ पानाको छोटो कहानी ‘दो बहनेु’ मा आधारीत रहेर चलचित्र बनाएका छन् । एजेन्सी