३० आश्विन २०८३, शुक्रबार

प्रवासमा हाम्रो मनोदशा किन आक्रान्त छ ?

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डिल्लीराम अम्माई

मनोविज्ञान शब्द व्यक्तिको मनोदशाको बहु–आयामिक खोज हो । यसलाई मनभित्रको तरङ्गले व्यावहारिक अनुभवलाई पार्ने प्रभाव वा आचरण र व्यवहारको खोजविज्ञान पनि भन्न सकिन्छ। अहिले मनोविज्ञान के हो र यसको व्याख्या विश्लेषण कसरि गर्न सकिन्छ भन्ने कुरा भन्दा पनि प्रवाशमा हाम्रो मनोदशा कुन कुराले बढी प्रभावित छ भन्ने कुरालाई विश्लेषण गर्न खोजिएको हो।

प्रवाशमा हाम्रो मनोदशालाई यहि भोगेको, अनुभब गरेको र देखेको अनुभुतीबाट खोज्न सकिन्छ। प्रवाशी मनोदशाको शुक्ष्म विश्लेषण बिना हामीले डायस्पोराको सामाजिक रुझानबारे टिप्पणी वा व्याख्या गर्न खोज्नु मुर्खता सिबाय केहि हैन। हामीले हाम्रो मनोबृतीको अधिकतम हिस्सा मुलुकबाट आउँदा आँफुसंगै ल्याएर आएका हुन्छौ। जुन मनोवृती हाम्रो सारीरिक बिकासको क्रमसंगै समाजका प्रचलित बिचार, परम्परा, स्वभाब र प्रवृतिबाट हामीमा संक्रमित भएका हुन् । हामीलाई कार्य सम्पादन भन्दा बढी सम्मान चाहिन्छ। अरुको तुलना आँफुसंग गर्दा ज्ञान ,शिप,इमान्दारिता, अनुशासन र सामाजिक त्याग भन्दा पनि आर्थिक अवस्था, पहुँच र रवाफलाई मानक मानेर गर्दछौँ ।

अरुको सम्मानमा ध्यान दिनु भन्दा अरुबाट आफ्नो मुल्याङ्कन र सम्मान होस् भन्ने चाहना अधिकतममा देखिन्छ। त्यो नेपालबाट प्रवास छिरेका पहिलो पुस्ताको मूल प्रवृति हो। अर्कोतर्फ आँफुलाई अरु भन्दा अग्लो देखाउन, अरुको मानमर्दन गर्ने र आँफुलाई सँधै केन्द्रिय चर्चामा राख्न खोज्ने प्रवृति पनि प्रवासका पहिलो पुस्ताका केहि नेपालीहरुको मूल प्रवृति नै हो। जसलाई फोरेन्सिक र आलोचानाबादी मनोविज्ञानमा व्याख्या गरिएको हुन्छ। यो प्रवृतिमा पूर्वाग्रही मनोदशाको अधिकतम प्रयोग हुन्छ।

‘मेरा मूल्यमान्यताहरु अरुको भन्दा उत्कृष्ट छन्, म बिना संसार चल्दैन , मेरो आवस्यकता समाजको कुनैपनि क्षेत्रमा अपरिहार्य छ’, भन्ने मान्यता राख्नु यो प्रवृतिवालाको दम्भ हो। हामी पहिलो पुस्ताका डायास्पोरिक नेपाली भएकोले प्राय सबै यो मनोदशामा चक्कर काटिरहेका हुन्छौ ।

‘तपाइँ सत्य हुनुहुन्छ भने ऊ पनि सत्य हुन सक्छ रु के सत्य तपाइको मात्र पेवा हो रु के त्यो केवल तपाइसँग मात्र रहन्छरु तपाईको सत्य आधा हो, उसंगको सत्य आधा हो ।’ सत्य आफ्नो आफ्नो हुन्छ भन्ने मनोविज्ञानको अर्को तर अपरिहार्य पाटो हो। मनोविज्ञानले एउटै सत्य, सामुहिक सत्य र आस्थागत सत्यलाई फरकफरक प्रकारले नियालेको हुन्छ। यहि सत्यले समाज र ब्याक्तिको मिलन, सहकार्य र सामुहिक अभ्यासलाई अगाडी बढाएको हुन्छ।

युरोप अझ बेल्जियमको नेपाली समाजमा प्रचलित प्रवृतिहरुलाई हेर्दा ऊ पनि सत्य हुनसक्छु भन्ने मनोवृति भन्दा म मात्रै सत्य हुँ भन्ने मनोवृति बढी हाबी देखिन्छ। जस्तोकी भर्खरै युरोपमा नेपाली कांग्रेशका बरिष्ठ नेता राम चन्द्र पौडेलको आगमन भयो। त्यसमा बेल्जियम जनसम्पर्क समितीभित्र चलेको दुइ खेमा बिचको अन्तर संघर्षले आक्रामक रुप लियो। एक पक्षको आरोप छ, नेता त्यो पार्टीप्रति आस्थावान सबैका साझा हुन् भन्ने कुरा जन सम्पर्क समिती बेल्जियमको नेतृत्वमा रहेको खेमाले बिर्संदा अर्को खेमाले दुख ब्यक्त गर्यो र बक्तब्य नै जारी गर्यो ।

लग्जेम्बर्गको अधिवेसनमा केन्द्रको पत्र सहित पुगेका प्रतिनिधिलाई अर्को पक्षको पूर्वाग्रहको कारण अपमानित गर्न खोजिएकोुत्यो पक्षको अर्को आरोप छ। यदी त्यो हो भने बरिष्ठ नेताले दुवै खेमालाई सहमतिमा ल्याएर अधिवेशन गराएको भए स्थिति आग्रह रहित बन्न सक्थ्यो। त्यो छाती बरिष्ठ नेतामा हुनु पर्थ्यो र उनले एउटा पक्षको मात्र कुरा नसुनेको भए र छलफलबाट निकास खोजेको भए दुवै खेमाको एकता, मिलाप र सहकार्यले आगामी एनआरएन लगायतका चुनाबहरुमा समेत सकारात्मक प्रभाब पार्थ्यो। तर दुखको कुरा त्यो हुन सकेन किनकी कांग्रेशको गुठबन्दी तल देखि माथिसम्म जब्बर बनेर स्थापित भैसकेको रहेछ ।

त्यस्तै अर्कोतर्फ नेतृत्वमा रहेकाहरुले पनि यस्ता प्रवृतिहरु सदैब समाज र संघको हितमा हुदैनन् भन्ने सोच राख्नु सर्वथा संघको हितमा हुन्थ्यो ।

बिधानमा नभएको र केन्द्रले मान्यता नदिएको युरोप कांग्रेशलाई बिधानत नसमेट्दासम्म त्यसकै निहुँमा खिचलो थापिरहनु सर्वथा जायज हैन भन्ने सीता पक्षको आरोप छ। यदी त्यसो हो भने केन्द्रलाई सहभागी गराइएको आन्तरिक छलफलबाट निकास खोज्न सक्नु जायज हुन्थ्यो। संघर्षरत दुवै समुहले दुईतिर मुख फर्काएर बस्दा संगठनको गती खस्केकोु कार्यकर्ताको आरोप छ। दुवै गुठले आफ्नै खुट्टामा सधै बन्चरो हानि रहदा संगठन थिलो थिलो भएर मेरो संगठनु भन्न पनि लाज लाग्ने अवस्था आएको बेल्जियमका कांग्रेश कार्यकर्ताको अर्को आरोप हो। त्यो अवस्थामा निकास दिन नसक्ने स्थानिय नेतृत्व, गुठको झुण्ड बोकेर हिड्ने नेता र त्यसैमा रमिता मानेर ताली ठोक्ने कार्यकर्ताले समर्थकहरुलाई कसरी जवाफ दिने हुन् खै १ भबिस्यले नै बताउला ?

गङ्गा खेमाले पनि नेतृत्वलाई बहिस्कार नै गर्ने हदसम्म जानु हुदैनथ्यो भन्छन कांग्रेशका भुरे नेताहरु । दुई जनाको इगोको कारण सम्पूर्ण संगठन विभाजित हुँदा समाजमा त्यसको नकारात्मक संदेशमात्र गएको छैन , संसारभरिबाट बेल्जियमका नेपालीलाई हेर्ने दृष्टिकोण नै नकारात्मक बनी रहेको आरोप छ।

अत यी सबै हाम्रा नेपालबाट आयातित नकारात्मक मनोबृतीहरु हुन्। ति पुराना पूर्वाग्रही मनोदशालाई नत्यागेसम्म, ऊसंग पनि सत्य छु भन्ने कुरालाई नस्विकारेसम्म हाम्रो सामाजिक प्रगती सम्भब छैन। हिंजोका गलत प्रवृति सिक्नका लागी हुन्, जसबाट समाज बिकास सम्भब छैन भन्ने धारणा बनाउनु जरुरी छ। सिक, सिकेर नथाक,ब्यबहारमा जाउ र पुन सिक अन्त्यमा समाजलाई पनि सिकाउ भन्ने अग्रजहरुको उक्तिले हामीलाई जिम्मेवारी बन्न प्रेरित गर्दछ।जसको मर्मलाई आत्मसात गर्नु ऊ वा यो भन्दा पनिु सबैको जिम्मेवारी हो।

शंका र मनमुटाब मेट्न आवस्यक परे बैकल्पिक संयन्त्र बनाउनु पर्छ। नयाँ तरिकाले सोच्न सक्नु पनि पर्छ ताकी यस्तै अन्योलताको अवस्था अबको पुस्ता, भबिस्यको नेतृत्व बा कसैमाथि पनि नहोस। हामीले भन्ने यतीमात्र हो, काम गर्ने संगठनवालाहरुले हो। अन्यथा यस्तै पारा रही रह्यो भने हाम्रो समाज सँधै केहीको दुराग्रही मनोदशाको सिकार भै रहने छ। एउटाले पोर्चुगलमा नेता निधि असफल बनाएको पैंचो अर्कोले पौडेललाई तिर्ने परम्पराको बिकास पक्कै पनि मतभेदको निकास नभएर असमझदारीको निरन्तरता हो।

द्रौपदीको बदलाको भावनाले विनासकारी महाभारत युद्ध भयो। दुर्योधनको अहमताले बंशको नै समाप्ति भयो। त्यसैले हाम्रो आक्रान्त, द्वेषपुर्ण मनोदशाको समिक्षा जरुरी छ। यौटाले अर्काको अस्तित्व समाप्त पार्न कदापी सम्भब छैन र आपसी अस्तित्वको स्वीकार नै मिलापको सबै भन्दा महत्वपुर्ण कुञ्जी हो। यो कार्य बरिष्ठ नेताले सक्थे। तर उनीपनि आक्रान्त मनोदशाको शिकार भएछन। समस्या जहाँकोतही छोडेर हानिदै नेपाल फर्के।

उनीहरुको मुख ताकेर कुरो मिल्दैन र मिलाउन पनि सक्दैनन्। उनीहरुमा एउटा पक्षको कुरो सुन्ने बानि परेको छ किनकी गुठबन्दीका नाइके उनीहरु नै हुन्। त्यसैले बेल्जियमबासी जनसम्पर्कवालाहरुले नै आफ्नो बुद्धिलाई सान्दर्भिक र पूर्वाग्रह रहित बनाउनु जरुरी छ। कसैले कसैसंग रिस उठेको छ भनेर बद्नाम गर्न खोज्ने र कसैलाई मन परेन भन्दैमा चरित्र हत्यामा तल्लिन हुने हाम्रो मनोविज्ञानलाई सुधार गर्नु आजको आवस्यकता हो। अन्यथा हाम्रा सन्ततीले हामीलाई अत्याधिक घृणा गर्ने बाटो त्यहि हुनेछ।

आँफुलाई पत्रकार हुँ भन्नेहरुमा पनि त्यो आत्मघाती प्रवृति यदाकदा देखिन्छ। कसैको ुराजदुत वा कुनै अभियन्तासंगु ब्याक्तिगत पूर्वाग्रह छ भने कुनै अर्को पात्र उभ्याएर रिस उठेको ब्याक्तिको खनी पखाली गर्ने प्रवृति अचेल बढ्न खोजेको छ। त्यो प्रवृतिको रोकथाम भनेको सकारात्मक सोचसहित आफ्नो विकृत मनोविज्ञानको समिक्षा नै हो। आक्रोशबाट आक्रान्त मनोदशा समाजको अभिशाप कदापि बन्नु हुदैन र बन्न दिनु पनि हुँदैन ।