३० आश्विन २०८३, शुक्रबार

ओलीलाई कांग्रेसका कार्यकर्ताले कालो झण्डा देखाउनु पर्ने कारण के होला ?

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-टेकराज पौडेल

लामो संघर्षपछिको स्थाई लोकतन्त्र र स्थायी सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको न्युयोर्कमा राष्ट्र संघीय महासभामा भाग लिन आइपुगेका छन् । उनको यो सहभागीता उन्नत नेपालको भविष्य र नेपाली नीतिका अनेक आयामहरूको प्रतिनिधित्व पनि हो । त्यतिमात्र होइन, अमेरिकामा रहेका कतिपय नेपालीको पनि अभिभावकत्व र प्रतिनिधित्वका आधारमा सरकार प्रमुख आएका छन् भन्ने राहत पनि हो । सुनिँदैछ, उनै अभिभावकलाई विरोध गरी कालो झन्डा देखाइँदैछ भन्ने ।

संसारको उन्नत लोकतन्त्र भएको मुलुकमा बसेका नेपालीहरूले प्रधानमन्त्री ओलीलार्ई राष्ट्रसंघको महासभामा भाग लिदै गर्दा मुलुक प्रति के अपराध गरेका छन् ? बरू कांग्रेस कार्यकर्ताले ओलीलार्ई रातो कार्पेटमा स्वागत गरेर आफ्ना असक्षम भनेर आरोप अगाईएका नेता देउवाप्रति कटाक्ष गर्नु पर्ने होइन र ?

अमेरिकामा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईलार्ई कालो झण्डा देखाएका कांग्रेसका छट्टौरे केटाहरूले राष्ट्र संघीय महासभामा भाग लिन आएका नेपालका प्रधानमन्त्री केपी ओलीलार्ई कालो झण्डा देखाउने रे भन्ने हल्ला चलाईएको छ । के ओलीलाई अमेरिकामा कांग्रेसका कार्यकर्ताले कालो झन्डा देखाउन पर्ने नै मान्छे हुन त ?

संसारको उन्नत लोकतन्त्र भएको मुलुकमा बसेका नेपालीहरूले प्रधानमन्त्री ओलीलार्ई राष्ट्रसंघको महासभामा भाग लिदै गर्दा मुलुक प्रति के अपराध गरेका छन् ? बरू कांग्रेस कार्यकर्ताले ओलीलार्ई रातो कार्पेटमा स्वागत गरेर आफ्ना असक्षम भनेर आरोप अगाईएका नेता देउवाप्रति कटाक्ष गर्नु पर्ने होइन र ?

२०५२ देखि ०६२ सम्म माओवादीद्वारा कांग्रेसका सयौं नेता कार्यकर्ताहरू मारिएका छन् र यसरी कार्यकर्ता मारिँदा शुरू शुरूताका पार्टी सभापति गिरिजाप्रसाद कोइराला र प्रधानमन्त्री देउवा शव यात्रामा जान्थे, त्यहाँ पुग्न नसके पनि १३ औं दिनको दिनसम्म पीडितका घर पुग्थे र माओवादीको शक्ति बढ्दै जाँदा गाउको कुना काप्चामा कुन कार्यकर्ता मारियो पार्टी नेतृत्वलार्ई मतलब हुन् छाड्यो ।

एमाले वा कांग्रेसका कार्यकर्ता मारिँदा मारिनेका परिवारलार्ई भन्दा ओली आफुलार्ई बढि पीडा महसुश गर्थे । त्यो दिनलाई कांग्रेसले भुलेकै हो ?

ठूला नेताका आफन्त वा तिनैका वरिपरिका मान्छेहरूका समवेदना वक्तव्य निकाल्ने र ठूला ठालुहरूको घर सम्पत्ति मात्र नोक्सान भएको भन्दै सरकारबाट क्षतिपूर्ति तिनै ठूलालार्ई मात्र दिलाउथे । जिल्लास्तर भन्दा तलको कार्यकर्ता मारिँदा सहयोग, क्षतिपूर्ति त जहाँसुकै जाओस श्रदाञ्जली र परिवारलार्ई समवेदनासम्म दिन आवश्यक ठानेनन् तर प्रमुख बिपक्षी पार्टी एमालेका वरियतामा दोश्रो तहको नेता केपी ओली माओवादीको हिंसात्मक आन्दोलनलाई कम्जोर पार्न र शान्तिपूर्ण जन आन्दोलनको माध्यमबाट समाज परिबर्तन गर्न सकिन्छ भन्ने दृढ बिस्वासका साथ अघि बढेको कांग्रेसले भुलिसके ?

एमाले वा कांग्रेसका कार्यकर्ता मारिँदा मारिनेका परिवारलार्ई भन्दा ओली आफुलार्ई बढि पीडा महसुश गर्थे । त्यो दिनलाई कांग्रेसले भुलेकै हो ? गाउँमा कोही मारियो भने कांग्रेसका कार्यकर्ताहरूले समेत ओली नै हाम्रो पक्षमा वोल्ने एक मात्र नेपाली नेता हुन् भन्ने गर्थे र ओली जिल्ला जिल्लाको भ्रमण गर्दा माओवादी वा सुरक्षाकर्मिबाट मारिएका मान्छेका घरमा जान्थे र सहानुभूति प्रकट गर्ने गर्थे । देश प्रदेशका कार्यकर्ताहरू गिरिजाबाबु आफ्नै पार्टीका सभापति भएर के गर्ने ! लोकतन्त्रको पक्षमा स्पष्ट अडान राख्ने, हात्याहिंसाको आन्दोलनप्रति कटाक्ष गर्ने, प्रहार गर्ने र बोल्न सक्ने नेता ओली नै हुन् भनेर आफ्ना मनभित्र राखिसकेका थिए । कांग्रेसबाट अपमानित तिनै कार्यकर्ताले ओलीलार्ई प्रधानमन्त्री बनाएर युएनको सभामा पठाएका हुन् ।

यता गिरिजाबाबु लागायतलाई पनि बीचको बाटोबाट अघि बढ्ने गरि सहमति गराउदै १२ बुँदे सम्झौतामा त्यो काम ओली नेपालहरूले नगरेको भए मुलुकमा द्वन्द्व अझै लामो समय रहन्थ्यो र कांग्रेस एमालेका अरू हजारौ कार्यकर्ता मारिन्थे ।

तत्कालिन प्रमुख प्रतिपक्षी पार्टी एमालेका ओली, नेपाल, गौतम र खनालको योजनामा आज देशमा शान्ति आएको हो र सरकारको दमनकारी नीति, रणनीतिबाट माओवादी आन्दोलन समाप्त नहुने बरू बढ्ने देखेर एकातिर गिरिजाबाबु र अर्को तर्फ माओवादीहरूसँग रोल्पा लखनउ र सिलिगुरीमा संयुक्त बैठक बसेर शान्तिपूर्ण आन्दोलन्बाट समाज परिवर्तनको लागि अघि बढ्न सकिन्छ भन्ने सहमति भएको थियो । यता गिरिजाबाबु लागायतलाई पनि बीचको बाटोबाट अघि बढ्ने गरि सहमति गराउदै १२ बुँदे सम्झौतामा त्यो काम ओली नेपालहरूले नगरेको भए मुलुकमा द्वन्द्व अझै लामो समय रहन्थ्यो र कांग्रेस एमालेका अरू हजारौ कार्यकर्ता मारिन्थे ।

ओली ०६४ को निर्वाचनबाट संसदमा आउन पाएका हुन्थे भने द्वन्द्व व्यवस्थापन ५ बर्ष छिटो हुन्थ्यो । ७० मा जितेपछि संबिधान बनाउन ओलीले शुरू मै कांग्रेससँग मुद्धाहरूमा एकरूपता ल्याई सकेपछि माओवादीलार्ई उनीहरूकै कित्तामा आउन बाध्य हुने स्थितिको निर्माण भयो । संविधान जारी गराउनबाट रोक्न ओलीलार्ई मोदीले गरेको अन्तिम प्रपोगाण्डालाई निस्तेज पारेपछि कांग्रेस ओलीको साथ छोडेर देश भित्रका पार्टीहरूलार्ई छोडेर एक्लै हिडेको तथ्य कसैबाट लुकेको छैन ।

भाषाको भरमा र गत सरकारको बेला स्वाभिमान बचाउने र उत्तरबाट बाटो र कनेक्टिभिटिबाट दक्षिण तर्फको मात्र परनिर्भरता घटाउनु ओलीको अपराध हो ?

ओलीले आफ्नो देश र पार्टीको राजनैतिक भबिष्य बनाउन क्षितिजमा उदाउँदै गरेको घाम देखे र त्यहि मिर्मिरेको रातो घामलार्ई २०७४ को स्थानीय चुनाबमा सबै पार्टी एक हुँदा पनि प्रतिपक्षमा रहेर चुनाब लड्दै गर्दा संयुक्त टिमलाई कम्जोर बनाउदै आफ्नो पार्टीलाई बलियो बनाए र केन्द्र र प्रदेशको चुनाव हुँदा ओलीले सत्ताको शक्तिको दुरूपयोग गर्ने ठाउमा थिएनन् । सरकारले चुनावको अघिल्लो दिन निर्वाचन आफ्नो पक्षमा पार्न सिडियो र एसपी सरूवा गर्दैगर्दा ओलीले सुर्य चिन्हको टोपी किन लगाएको भन्ने स्पष्टिकरण सोध्दै थियो । भाषाको भरमा र गत सरकारको बेला स्वाभिमान बचाउने र उत्तरबाट बाटो र कनेक्टिभिटिबाट दक्षिण तर्फको मात्र परनिर्भरता घटाउनु ओलीको अपराध हो ?
ओली कांग्रेसको सरकारलाई अपदस्थ गरेर आएका होइनन् ! निर्वाचन जिते पछि पनि ४ महिना पर्खेर ओली सरकारमा आएका हुन् ।

ओलीका के अपराध छन् र कालो झण्डा देखाउने ?

के माओवादीसित मिलेर चुनाब लड्यो र सरकारमा गयो भन्ने रिस हो भने मुख्य दुश्मनसँग मिलेर सरकार बनाउने र संयुक्त रुपमा चुनाब लड्ने कांग्रेस होइन र ?  के कांग्रेसलार्ई सरकार को मोजमस्तीबाट हात धुने बनायो भन्ने रिस हो ? किन यति चाँडै भुल्छौ गाउँमा मारिदै गरेको कार्यकर्ताको पक्षमा बोल्ने तिनै ओली हुन् भन्ने । के ओलीका अपराध भनेको तुईन विस्थापन गरेर तुईन युग समाप्त गर्नु हो ? आखिर ओलीलाई कालो झण्डा देखाउनु पर्नाको कारण के हो ?

ओली कुनै दल विशेषको अध्यक्ष होइन, मुलुकको प्रधानमन्त्रीका रूपमा अमेरिकामा उपस्थित छन् जसले अमेरिकामा रहेका नेपालीका मुद्दामा पनि गम्भिर प्रश्न र सहजीकरणका तथ्य अघि सार्नेछन् भन्ने विर्सन हुँदैन ।

कि माओवादीसँग एकता गरेर सरकार बनाए भन्ने हो ? यदि हो भने यो झन् दुख लाग्दो स्थिति हो र द्वन्दमा खेलेको शक्ति जसलार्ई विभिन्न आस्वाशन पाएर शान्ति प्रक्रियामा आएको हो । उसका पनि हजारौ शहिद छन् हजारो अंगभंग र बेपत्ता छन् एउटै आमाका कोही छोरा छोरी लाई काखा र कसैलार्ई पाखा गराउन मिल्दछ ? बन्दुक र बारूदसँग लडेका हिम्मर्त आटिला र जोशिला युवाहरूलार्ई सडकमा ल्याएर बदला लिने हो भन्ने सोच कदापी उचित मान्न सकिन्न र उन्नत लोकतन्त्र भएको मुलुअकमा बसेका लोकतान्त्रिक पार्टीका कार्यकर्ताले कालो झण्डा देखाउछु भन्नु लाई के भन्ने ?

शान्ति स्थापनापछि राष्ट्रियताको मुद्दामा उभ्याएर युद्धको धङधङीमा रहेको माओवादीलाई शान्तिपूर्ण राजनीतिको मार्गमा उभ्याउने व्यक्ति वास्तविक शान्तिप्रिय र उन्नत मुलुकको सपना देख्ने व्यक्ति हुन् भन्ने बुझ्न आवश्यक छ । ओली कुनै दल विशेषको अध्यक्ष होइन, मुलुकको प्रधानमन्त्रीका रूपमा अमेरिकामा उपस्थित छन् जसले अमेरिकामा रहेका नेपालीका मुद्दामा पनि गम्भिर प्रश्न र सहजीकरणका तथ्य अघि सार्नेछन् भन्ने विर्सन हुँदैन ।

आफैं १४ बर्ष जेल बसेर लोकतन्त्रका निम्ति खटेका उनले अमेरिकामै भएको एउटा कार्यक्रममा स्पष्ट भनेका छन्– ति तमाम पीडा, तानशाही पीडा म आफैंले खेपेका कारणले म उन्नत लोकतन्त्रका निम्ति हिँडेको छु । आखिर यस्ता नेतालाई कालो झन्डा देखाउनुको तुक के हो ?