५ कार्तिक २०८३, बिहिबार

मिस्टर नेपालका प्रतियोगीले देखाए यस्तो ट्यालेन्ट

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ‘मिष्टर नेपाल २०१८’को फाइनल यहि शनिबार राजधानीको होटल अन्नपुर्णमा आयोजना हुँदैछ । अन्तिम स्पर्धामा १८ प्रतियोगी उपाधिका लागि भिड्दै छन् ।

बुधबार राजधानीको टेकुस्थित मसला कटेजमा आयोजित एक कार्यक्रममा यसका प्रतियोगीताले आ–आफ्नो ट्यालेनट देखाएका छन् ।

मिसटर ट्यालेनट उपाधिका लागि उनीहरुले लोक तथा आधुनिक नृत्य, गायन प्रतिभा, अभिनय, वक्तृत्वकला, उद्घोषण लगायत आफुमा रहेको प्रतिभा देखाएका हुन् । सो अवसरमा कोरियोग्राफर महेश केसी, मोडल प्रिया रानी लामा, मिष्टर नेपाल अक्षयजंग रायमाझी लगायत निर्णायक रहेका थिए ।

काठमाडौ, पोखरा, बिराटनगर, चितवन, धरानलगायतका देशका प्रमुख शहरबाट छानिन सफल प्रतियोगीहरु अन्तिम स्प्रर्धाका लागि कोरियोग्राफर रोजिन शाक्य, दिक्पाल कार्की लगायतका प्रशिक्षकबाट स्वमिङ, फुटबल, रक क्लाइसम्बङग, समाजसेवा,सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङग, गुरमिङग, मेकअप, ड्रेसवेयर जस्ता विषयमा खारिएका छन् । प्रतियोगीताको अन्तिम तयारी समेत पुरा भएको जानकारी एक्सपोज नेपाल डटकमकी सिइयो अर्चना थापाले दिइन् ।

युवाहरुको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै समाजमा जिम्बेवार नागरिक बनाउने उदेश्य बोकेको यो पुरुहरुको लागि आयोजना हुँदै आएको नेपालकै ठुलो सौदर्य प्रतियोगीता हो । यसको शिर्ष बिजेताले अन्तराष्ट्रिय सौदर्य प्रतियोगीता ‘मिस्टर वल्र्ड २०१८’मा समेत सहभागीता जनाउँनेछ ।

प्रतियोगीतामा शिर्ष उपाधि मिष्टर वल्र्ड नेपाल सहित मिस्टर नेपाल युनिभर्सल एबेसडर, मिस्टर नेपाल म्यान अफ द इयर, मिस्टर नेपाल मेन इन्टरनेशनल, मिसटर नेपाल मेन एटिच्युट, एक्सपोज नेपाल युथ एम्बेसडर, एक्सपोज नेपाल स्पोड एम्बेसडर, एक्पोज नेपाल टुरिजम एम्बेसडर, सोसल मिडिया स्टार, एसएमएस स्टार, पब्लिक च्वाइ, बेष्ट फिजिक्स, बेष्ट मोडल, फोटोजेनिक, मस्ट ट्यालेनट र स्पोट विधामा बिजेता छानिनेछ ।

विजेताले सुजुकी बाइक र अन्य विभिन्न उपहार समेत जित्न सक्नेछन् ।