
काठमाडौँ । माया माया माया ए माया, खोजी हेरिनौ प्रिय खोजी हेरिनौ, जानु छ जहाँ तिमीले सोधी हेरिनौ जस्ता सुगम संगीत दिईसकेका र नव युवा संगीतकारबाट सम्मानित भइसकेका मनोज सुनुवार एक दशक पछि फेरि अलि आलि तिम्रो माया अलि अलि मेरो माया गीत लिएर पुनः सांगितिक क्षेत्रमा आएका छन् ।
नेपाल आइडल सिजन एकका सेकेन्ड रनर अप प्रताप दासको स्वर रहेको गीतमा शब्द, संगीत तथा निर्माण मनोज सुनुवारको रहेको छ भने सन्जीव बराईलीले संगीत संयोजन, श्रृङ्गगार अरुणा घिमिरे, नृत्य निर्देशन जास्मिन मगर, छायांकार आभेष बज्राचार्य, सम्पादन माधव बेल्बासे, अभिनयमा सरस्वती लामा, दिल कमल क्षेत्री र भिडियो निर्देशन अमृत सुनुवारको रहेको छ ।
अहिलेको चलेको गीत भन्दा फरक तथा नयाँ पुस्ताका किशोर तथा किशोरीबीचको माया प्रेमलाई आधार मानेर बनाइएको र गीत निकै मेलोडियोस भएकोले युवा युवती माझ निकै लोकप्रिय हुने गायक दासले विश्वास गरेका छन् ।















प्रतिक्रिया