१ कार्तिक २०८३, शनिबार

सेन्ट लुइस मिजौरीमा साहित्यिक भेला भब्यताका साथ सम्पन्न

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज मिजौरी च्याप्टरद्वारा आयोजित साहित्यिक कार्यक्रम र साहित्यिक भेला सेन्ट लुइस मेरामेक नदीको किनारामा यही सेप्टेवर २३, २०१८ भब्यताका साथ सम्पन्न भएको छ ।

मिजौरी च्यापटरकी अध्यक्ष उर्मिला निर्दोषीले भेलाको अध्यक्षता र सञ्चालन गरेकी थिइन् । कार्यक्रममा आदिकवी भानुभक्त आचार्य, युवाकवि मोतीराम भट्ट, माहाकवी देवकोटा लगायतको तस्बीरहरूमा माल्यार्पण र राष्ट्रिय गानबाट सुरूवात भएको थियो ।

नवनिर्वाचित कार्यसमितिको परिचय, अनेसास र मेम्बरसीप बारे मन्तव्य दिनुका साथै सहभागी आजीवन सदस्यहरूलाई प्रमाणपत्रहरू वितरण र मिजौरी च्याप्टरको आउदो कार्यक्रको बारेमा पनि बर्णन गरिएको थियो ।

विभिन्न साहित्यकारहरूको कविता, गीत, गजल, गायन, नाच गीतार बजानका साथ रमाइलो वनभोज समेत गरी भव्यतासाथ सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख आतिथि चितवन–नेपाल च्यापटरको अध्यक्ष कवि लकाश पौडेलले गरेका थिए । कवि लकाश पौडेलले उनीबाट रचित सातवटा कृतिहरू मिजौरी च्यापटरकी अध्यक्ष उर्मिला निर्दोषीलाई मिजौरी च्यापटरलाई उपहार स्वरूप हस्तान्तरण पनि गरिएको थियो ।