५ कार्तिक २०८३, बिहिबार

कमेडियन भारतीलाई डेंगू

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चर्चित भारतीय कमेडियन भारती सिंह अस्पताल भर्ना भएको खबर बाहिर आएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार भारती र उनको पतिलाई डेंगूको संक्रमण भएको छ । उपचारका लागि दुवैलाई धीरुभाई अस्पताल भर्ना गरिएको छ ।

भारती केही दिनदेखि बिरामी थिइन् । उनीहरुले रगत परीक्षण गरेपछि डेंगू भएको पत्ता लागेको हो । दुवैलाई अहिले चिकित्सकको निगरानीमा राखिएको छ । बताइएअनुसार उनीहरु अझै पनि केही दिन अस्पतालमै बस्नुपर्नेछ ।

स्मरण रहोस्, भारती चाँडै नै एक टक शो लिएर आउँदैछिन् । यस शो को नाम भारती का शो – आना ही पडेगा’ भएको बताइएको छ ।

यतिमात्र होइन भारती र हर्षको जोडी रियालिटी शो ‘खतरों के खिलाडी ९’मा देख्न पाइनेछ ।