
काठमाडौँ । सञ्चारकर्मी एवं टेलिभिजन कार्यक्रम प्रस्तोता प्रमिला कार्की अभिनित ‘तिमीले सोचे जस्तो’ गीत सार्वजनिक भएको छ । कार्कीलाई अभिनयमा जेसीराज पौडेलले साथ दिएका छन् ।
कार्की एनटिभी प्लस टेलिभिजनबाट प्रशारण हुने झंकार कार्यक्रमकी प्रस्तोता हुन् । लक्ष्मण कार्की शब्द रहेको गीतमा श्रीकृष्ण बम मल्लको संगीत । तीगमा विश्व नेपालीको स्वर छ ।
चितवनका रमणीय स्थानमा छायांकन गरिएको गीतलाई सौगात आचार्यले खिचेका हुन भने प्रवीन भण्डारीको निर्देशन छ । त्यसैगरी भिडियोको सम्पादक टेकेन्द्र शाहले गरेका हुन् ।















प्रतिक्रिया