१ कार्तिक २०८३, शनिबार

अमेरिकामा अन्तर्राष्ट्रिय तामाङ समन्वय समिति गठन

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क । तामाङ समाज अमेरिकाको अध्यक्ष सानुमाया तामाङको अध्यक्षतामा बसेको कार्यकारिणी बोर्डको प्रथम बैठकले तीन जना बोर्ड अफ डिरेक्टर मनोनयन गरेको छ ।

मनोनीत हुनेहरूमा सुरेन्द्र लामा, मोतीलाल तामाङ र राजु तामाङ छन् । तामाङ समाज अमेरिकाको बिधान अनुसार अध्यक्षले ३ जना बोर्ड अफ डिरेक्टर कार्यकारिणी बोर्डमा मनोनित गर्न सक्ने प्रावधान छ ।

सेप्टेम्बर २३ मा बसेको तामाङ समाज अमेरिकाको प्रथम बोर्ड बैठकले यी तीन जना बोर्ड अफ डिरेक्टरको मनोनयनलाई अनुमोदन गरेको हो ।

अन्तर्राष्ट्रिय तामाङ सम्मेलन आयोजना गर्ने उद्देश्यले भरत मोक्तान तामाङ, शान्त थोकर तामाङ र लुईसाङ वाईवा तामाङ रहेको तीन सदस्यीय अन्तरराष्ट्रिय तामाङ समन्वय समिति पनि बैठकबाट अनुमोदन भएको छ ।

बैठकले वरिष्ठ उपाध्यक्ष ब्रजेश लामा तामाङको अध्यक्षतामा इन्फर्मेशन टेक्नोलोजी कमिटी, उपाध्यक्ष सुमित्रा योन्जन तामाङको अध्यक्षतामा महिला शशक्तिकरण कमिटी, सचिव विनिता तामाङको अध्यक्षतामा एक्सटर्नल एफ्येर्स कमिटी, कोषाध्यक्ष फुरु लामा तामाङको अध्यक्षतामा आर्थिक कमिटी, सजुन थोकर तामाङको अध्यक्षतामा युवा तथा खेलकुद कमिटी, यूनिशा तामाङको अध्यक्षतामा सांस्कृतिक कमिटी, रिनु तामाङको अध्यक्षतामा बालबालिका विकास कमिटी, रोजबहादुर घिसिङ तामाङको अध्यक्षतामा इमिग्रेशन कमिटी र दीपेन्शा लामा तामाङको अध्यक्षतामा एजुकेशन कमिटी गठन गरेको छ ।