शुक्रबार, २१ मंसिर २०७५
DainikNepal.com
शुक्रबार, २१ मंसिर २०७५

मदिरा सेवनबाट मलेसियामा थप १ नेपालीको मृत्यु

दैनिक नेपाल २०७५ असोज ५ गते २२:१२

काठमाडौं, ५ असोज । हानीकारक मदिरा सेवनबाट मलेसियामा थप एक नेपालीको ज्यान गएको छ । विषाक्त मदिरा सेवनबाट बिरामी भई उपचाररत देउराली–८ नवलपरासीका दुर्गासिंह रानाको मृत्यु भएको हो । क्वालालम्पुरस्थित नेपाली दूतावासले रानाको मृत्यु भएको पुष्टि गरेको छ ।

रानासँगै मृत्यु हुने नेपालीको संख्या सात पुगेको छ । विषाक्त मदिरा सेवनबाट बसेरी धादिङका मीमबहादुर घले, मसिना रुपन्देहीका रामकुमार यादव, अमरगढी डडेलधुराका विशाल बुढाथोकी, पश्चिम कुसाहा सुनसरीका सञ्जय उराव, सिद्धिथुम्का इलामका बलबहादुर कुलुङ्ग र पथ्थरकोट सर्लाहीका आइतसिंह गोलेको मदिरा सेवन गरेकै दिन मृत्यु भएको थियो ।

मदिरा सेवनबाट बिरामी परेका मध्य ५ जना घर फर्किसकेको छन् भने अन्य १२ जनाको उपचार भईरहेको दुतावासले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित