शुक्रबार, २१ मंसिर २०७५
DainikNepal.com
शुक्रबार, २१ मंसिर २०७५

यी हुन् सरकारी कार्यालयका अराजक नायब सुब्बा, आफ्नै हाकिमलाई मुक्का प्रहार

दैनिक नेपाल २०७५ असोज ५ गते ७:५५

 

तस्वीरमा निर्देशक डा.हरिशचन्द्र उप्रेती

काठमाडौं, ५ असोज । कार्यसम्पादन मूल्यांकन फारम भर्ने विषयमा आफू अनुकूल नभएको भन्दै स्वास्थ्य विभाग अन्तर्गतको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका निर्देशक डा.हरिशचन्द्र उप्रेतीमाथि नायव सुब्बा माधव घिमिरले कसेर मुक्का प्रहार गरेका छन् ।

निर्देशक उप्रेतीलाई घिमिरेको मुक्का भने लागेन । नायब सुब्बा घिमिरले बिहीबार अपरान्ह निर्देशक उप्रेतीको कार्यकक्षमा प्रवेश गरी सिधै ताकेर मुक्का प्रहार गरेको स्रोतले जनाएको छ । उप्रेतीले मुक्का छलेका थिए ।

कार्यसम्पादन मूल्यांकन फारममा आफूले भनेअनुसार नम्बर राख्नुपर्ने माग नायब सुब्बा घिमिरेको थियो । निर्देशक उप्रेतीले घिमिरेको प्रस्ताव अस्वीकार गरेपछि मुक्का प्रहार गरेका हुन् ।

नायब सुब्बा घिमिरे कुटपिटमा उत्रिएपछि प्रहरी बोलाइएको थियो । प्रहरी नआउँदै निर्देशक उप्रेतीमाथि पुनः आक्रमण भएको थियो ।

निर्देशक उप्रेतीलाई दवाव दिन घिमिरेसहितका कर्मचारीहरूले कार्यकक्षमा नै थुनेका थिए । प्रहरी आएपछि कर्मचारीहरूको भागाभाग भएको थियो ।

मुक्का प्रहार गर्ने नायब सुब्बा घिमिरेलाई प्रहरीमा मुद्धा नचलाउन निर्देशक उप्रेतीलाई कर्मचारीहरूले दवाव दिएका छन् । घिमिरेले निर्देशक उप्रेतीसँग माफी माग्ने प्रस्ताव कर्मचारीहरूमार्फत पठाएका छन् । तर, उप्रेतीले के गर्ने भनेर जवाफ दिएका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित