शनिबार, २२ मंसिर २०७५
DainikNepal.com
शनिबार, २२ मंसिर २०७५

आफ्नै छात्रालाई यौन प्रस्ताव राख्दा ‘पशु डाक्टर’को यस्तो हविगत !

दैनिक नेपाल २०७५ असोज ४ गते १४:२९

काठमाडौं, ४ असोज । आफ्नी छात्रालाई यौन सम्पर्कका लागि बारम्बार अपिल गर्दा नमानेपछि परिक्षामा फेल गराउँछु भन्दै धम्की दिने र अश्लील शव्द प्रयोग गर्ने एकजना डाक्टरलाई महानगरीय अपराध अनुसन्धान महाशाखाले साइबर क्राइममा मुद्दा चलाएको छ ।

पशु आहार महाशाखा खुमलटारका मुख्य विशेषज्ञ डाक्टर मेघराज तिवारीले आफुले पढाउने छात्रालाई बारम्बार यौन प्रस्ताव राखेका थिए ।

पीडित युवतीको उजुरीका आधारमा महानगरीय अपराध महाशाखाको टोलीले २६ भदौमा पक्राउ गरी कारबाही अघि बढाएको प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताए । उनले भने,‘हामीले उनलाई साइबर क्राइम अन्तर्गतको मुद्दा चलाएका छौं ।’

तिवारीले आफैले पढाउने एक छात्रालाई यौन प्रस्ताव नमाने परीक्षामा फेल गराइदिने धम्की दिए प्रारम्भिक अनुसन्धानमै खुलेको थियो ।

कंलकीस्थित ‘हिमालय कलेज अफ एग्रिकल्चरल साइन्स’ मा बिएस्सी अध्यनरत २० वर्षिया छात्रालाई तिवारीले ६ महिनादेखि यौन प्रस्ताव राखेका थिए । तर छात्राले अस्वीकार गरेपछि म्यासेन्जरमार्फत् आपत्तिजनक म्यासेज पठाएको प्रहरीले फेला पारेको थियो ।

तिवारीले बारम्बार पीडित यूवतीलाई अश्लिल भिडियो र सन्देश पठाउँदै यौन प्रस्ताव राख्दै आएका थिए ।  तिवारीलाई काठमाडौं जिल्ला अदालतबाट विद्युतीय अपराध मुद्धामा म्याद थपी अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित