शनिबार, २२ मंसिर २०७५
DainikNepal.com
शनिबार, २२ मंसिर २०७५

भारतीय बन्दुकधारी समूहद्वारा दिनदहाडै सुनसरीमा शिक्षकको हत्या, प्रहरीमाथि गोली प्रहार

दैनिक नेपाल २०७५ असोज ४ गते १३:१०

सुनसरी, ४ असोज । मोटरसाइकलमा चार जनाको समुहमा आएका भारतीय बन्दुकधारीले विहीबार दिउँसो सुनसरीको हरिनगरामा एक शिक्षकको गोली हानी हत्या गरेका छन् ।

रोहियन बोर्डिङ स्कुलका प्रिन्सिपल खुसीद आलमलाई बीच बजारमा गोली हानी हत्या गरिएको हो । सो समुहलाई रोक्न खोज्ने प्रहरी जवान शिवलाल पौडेल माथि पनि गोली हानिएको थियो । पौडेलको विराटनगरमा उपचार भइरहेको छ ।

स्थानीयका अनुसार नेपाली प्रहरीले बन्दुकधारीलाई रोक्दारोक्दै प्रहरीकै अघि शिक्षकमाथि गोली प्रहार भएको थियो । गोली हान्ने समुह सीमावर्ती क्षेत्र हुँदै भारतको विहारतिर लागेका थिए । सुनसरी विहारको सुपौल र अररिया जिल्लासँग जोडिएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले घटनापछि बोर्डर सिल गरिएको बताए । घटनाको अनुसन्धानमा सहयोग पुराउनका लागि भारतीय सीमा सुरक्षा बल एसएसबीलाई भनिएको उप्रेतीले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित