लिस्बन । नेपाल आदिवासी जनजाती महासंघ पोर्चुगलको पांचौं अधिबशेनको तयारी तीब्र पारिएको छ ।
यही सेप्टेम्बर २३ तारिखका दिन राजधानी लिस्बनको आञ्जुस स्थित जिनासीयो हलमा हुने अधिबेशनलाई सफलतापूर्वक सम्पन्न गर्नका लगि महासंघले तयारी तीब्र पारेको हो ।
अधिबेशन सम्पन्न गर्नका लागि गठित मूल समिति तथा बिभिन्न उपसमितिहरु मार्फत् आवश्यक तयारीका कामहरु भईरहेको महासंघका कार्यबाहक अध्यक्ष राजेन्द्र शेर्पाले जानकारी दिए ।
अधिबेशनलाई नेपाली आदिवासी जनजाती महासंघका पूर्व केन्द्रीय अध्यक्ष नगेन्द्र कुमार कुमालले उद्घाटन गर्ने कार्यक्रम तय भएको काबा अध्यक्ष शेर्पाले बताए ।
अधिबेशनका लागि पोर्चुगलमा रहेका एकल जातीय संस्थाहरु शेर्पा सोसाइटी, तमु समाज, तामाङ समाज, मगर समाज, नेवा पुच, किरांत याक्थुङ चुम्लुङ र किरांत समाज गरि ७ वटा संस्थाहरुबाट ३५ जना प्रतिनिधी छनौट भएर आउनेछन् ।
अधिबेशनले आगामी दुई बर्षे कार्यकालका लागि १७ सदस्यीय नयां कार्यसमिति चयन गर्नेछ । पोर्चुगलमा रहेका आदिवासी जनजातीहरुको छाता संस्थाको रुपमा रहेको महासंघ २००९ मा स्थापना भएको थियो ।
महासंघको आगामी नयां नेतृत्व चयनका लागि सहमतिको प्रयास भईरहेको बताईएको छ ।
















प्रतिक्रिया