
काठमाडौं, ३१ भदौ । भारतमा जारी चौकोणीय यू-१९ एकदिवसीय क्रिकेट सिरिजको अन्तिम खेलमा नेपाली टोलीले अफगानिस्तानलाई १९० रनको चुनौति दिएको छ ।
टस हारेर ब्याटिङ गरेको नेपाली टोलीले ४९ ओभर ३ बलमा अलआउट हुँदै १८९ रन मात्र बनाउन सक्यो । नेपालका लागि पवन सर्राफले सर्वाधिक ७८ रन बनाए । उनले ९६ बलमा १० चौका र १ छक्का हिर्काए । सन्दीप जोराले २८ रन बनाउँदा रसिद खानले २४ रनको योगदान गरे ।
नेपाललाई सस्तैमा सिमित पार्न अफगानिस्तानका लागि मोहम्मद कविरले सर्वाधिक ३ विकेट हात पारे ।
दुवै टोली सान्त्वना जितसहित घर फर्कने लक्ष्य बोकेर मैदानमा उत्रिएको छ ।















प्रतिक्रिया