शुक्रबार, ३० कार्तिक २०७५
DainikNepal.com
शुक्रबार, ३० कार्तिक २०७५

निर्मला पन्तका हत्यारालाई सरकारबाटै संरक्षण भएको देउवाको आरोप

दैनिक नेपाल २०७५ भदौ २९ गते २०:२६

काठमाडौं, २९ भदौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाका सम्बन्धमा सत्यतथ्य छानबिन गरी दोषीलाई तत्काल कारवाही गर्न माग गरेका छन् ।

काँग्रेस मोरङ–काठमाडौँ सम्पर्क समितिले शुक्रबार राजधानीमा आयोजना गरेको विचारगोष्ठीमा पूर्वप्रधानमन्त्री देउवाले पन्तका हत्यारालाई सरकारबाट नै संरक्षण भएको आरोप लगाए ।

सभापति देउवाले पार्टीभित्र अनुशासन भए मात्र बलियो हुने बताए । उनले थपे, ‘पार्टी भनेको धर्मशाला होइन, त्यसैले नेतादेखि कार्यकर्ता सबै अनुशासित भएर बस्नुपर्छ ।’ उनले गणेशमान सिंह, कृष्णप्रसाद भटराई र गिरिजाप्रसाद कोइरालाले पार्टीका लागि कहिल्यै झूटो नबोलेको स्मरण गर्दै पार्टीप्रति प्रतिबद्ध भइलागेमा अर्को पटक चुनाव जित्न सकिने भएकाले तयारी गर्न कार्यकर्तालाई आग्रह गरे । -रासस

प्रतिक्रिया
सम्बन्धित